कांग्रेस पराजित भएपछि बल्ल निद्राबाट ब्यूँझियो तरुण दल

काठमाडौं । नेपाल तरुण दलले मुलुकको विशेष परिस्थितिका विषयमा छलफल गर्न जिल्ला अध्यक्षहरूको भेला बोलाएको छ ।

तरुण दलद्वारा सोमबार जारी विज्ञप्तिअनुसार माघको २८ र २९ गते भक्तपुरको नगरकोटमा दुई दिनसम्म जिल्ला अध्यक्षहरूको राष्ट्रियभेला हुनेछ ।

‘मुलुक नयाँ राजनीतिक चरणमा प्रवेश गरेको विशेष परिस्थितीमा समसामयिक राजनीतिको समीक्षा, तरुण दलको संगठन चुस्तदुरुस्त तथा थप निर्माण र भावि रणनीतिको विषयमा बृहत छलफल गरी ठोस निर्णयमा पुग्न यहि माघ २८ र २९ गते भक्तपुरको नगरकोटमा तरुण दलका जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला एवम प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएकोछ’, विज्ञप्तिमा भनिएको छ ।

स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नेपाल तरुण दलले कुनै पनि प्रचारका कार्यक्रमहरू प्रभावकारी रुपमा गर्न नसकेको भनेर सबैले आलोचना गरेका थिए । विशेष गरेर तरुण दलका अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले नेतृत्व गर्न नसकेको भनेर विरोध हुँदै आएको छ ।

Published : Monday, 2018 January 22, 6:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया