दाङ आन्दोलन तुहिएको दोस्रो दिन बुटवलमा पोखरेललाई पौडेलको भव्य स्वागत

बुटवल । पाँच नं. प्रदेशको राजधानी दाङ बनाउने आन्दोलन तुहिएको दोस्रो दिन पूर्वनिर्धातिर कार्यक्रमअनुसार बुटवलमा प्रदेश सभाका सांसदहरूले सपथ लिएका छन् ।

झण्डै एकसाता लामो दाङको आन्दोलन शनिबार मध्यराति तुहिएको थियो । प्रदेश सभाको राजधानी बनाउन भन्दै आन्दोलनमा उत्रिएका दङ्गाली जनतालाई एकसाताको आन्दोलनले समस्या त बनायो नै । आन्दोलनबाट कुनै पनि उपलब्धि हात लाग्न सकेन ।

५ नं. प्रदेशको भावी मुख्य मन्त्रीका रुपमा हेरिएका एमालेका नेता शंकर पोखरेलले हसिलो मुद्रामा पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथ लिएपछि एमालेका उपमहासचिव विष्णु पौडेलसँग तस्बिर पनि खिचाएका छन् ।

दाङलाई राजधानी हुनबाट रोक्नेमध्येका एकपात्रका रुपमा विष्णु पौडेललाई पनि दङ्गालीहरूले लिने गरेका छन् । पोखरेललाई मुख्यमन्त्री पदसँग प्रादेशिक राजधानी साटेको आरोप समेत लाग्ने गरेको छ ।

Published : Sunday, 2018 January 21, 12:40 pm

2 प्रतिकृया प्राप्त “दाङ आन्दोलन तुहिएको दोस्रो दिन बुटवलमा पोखरेललाई पौडेलको भव्य स्वागत”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया