निधिले राष्ट्रिय सभा ताकेकै हुन् ? यसबारेमा के भन्छन् ?

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रिय सभामा उम्मेदवार बन्द्र छ भनेर आफ्ना विरुद्ध समाचार सम्प्रेषण गरेको प्रति असन्तुष्टि जनाएका छन् ।

केही अनलाइनहरूले कांग्रेसका नेताद्वय रामचन्द्रपौडेल र विमलेन्द्र निधि राष्ट्रिय सभामा उम्मेदवार बन्न लागेको समाचार सम्प्रेषण गरेका थिए । आफ्ना विरुद्ध आएका समाचारको निधिले खण्डन गरेका हुन् । निधिले आफ्नाबारेमा समाचार सम्प्रेषण गर्दा सत्यतथ्य पत्ता लगाएर मात्रै लेख्न आग्रह गरेका छन् ।

‘अब त हद नाघी सक्यो राष्ट्रिय सभामा मेरोबारे झुठो समाचार लेखाईको, लेख्नु र टिप्पणी गर्नुभन्दा पहिले सत्यापनको पुष्टि गरेर मात्र लेख्ने न्युन्तम् धर्म न घटना विचारमा देखियो न’, निधिले ट्वीटमार्फत भनेका छन् ।

Published : Saturday, 2018 January 20, 6:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया