ओली–दाहालका आफ्नै दाउ, कसरी मिल्छ कुरा ?

काठमाडौं । एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’बीच राष्ट्रिय सभाको निर्वाचन, सरकार गठन र पार्टी एकीकरणका विषयमा छलफल भएको छ ।

ओलीको बालकोटस्थित निवासमा शनिबार भएको वार्तामा आइतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा पार्टी एकताबारे एजेन्डा के हुने भन्नेबारे दुई अध्यक्षबीच छलफल भएको हो । नेताहरूको व्यवस्थापनसहितका समग्र विषयमा छलफल भए पनि ठोस सहमति हुन नसकेको स्रोतले जनाएको छ ।

आइतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनबारे पनि छलफल गरिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले जनाकारी दिए ।

दुई अध्यक्ष बीच शुक्रबार भएको भेटर्वातामा तीन बुँदामा छलफल भएको थियो । उक्त भेटमा उनीहरु बीच आइतबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने तयारी गरेको थियो ।

ओली स्वस्थ्य परीक्षण गरी फर्केपछि पार्टी एकताको पहल गर्न कार्यदल गठन गर्ने सहमति बैंकक जानुअघि नै भएको थियो ।

Published : Saturday, 2018 January 20, 6:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया