दाङको आन्दोलनमा सहभागी नहुन एमालेलाई पौडेलको निर्देशन

काठमाडौं । एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले काम चलाउनका रुपमा अस्थायी राजधानी तोकेकाले आन्दोलनमा सहभागी नहुने एमालेका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग शुक्रबार बिहान कुरा गर्दै पौडेलले प्रदेशसभाले उचित ठाउँमा स्थायी राजधानी तोक्ने भएकाले आन्दोलनमा जान जरुरी नभएको बताए ।

‘प्रदेशका काम कारबाही संचालन गर्नका लागि तोकिएको हो । प्रदेशसभाको दुई तिहाई बहुमतले स्थायी राजधानी तोक्छ’, उनले भने, ‘अहिले अस्थायी रुपमा तोकिएका ठाउँहरू नै प्रदेशसभाबाट दुई तिहाई बहुमत पाएर स्थायी हुन पनि सक्छन् । रुपन्देहीको हकमा यही निर्णय नै लागू हुन्छ ।’

आफूले चुनावका बेला जनतालाई प्रदेश नम्बर पाँचको राजधानी बुटवल बनाउँछु भनेर आश्वासन दिएको स्मरण गर्दै पौडेलले भने, ‘नेपाललाई नचिन्नेहरूले पनि लुम्बिनी र गौतम बुद्धलाई चिन्छन् । दाङलाई चिन्दैनन् ।’

प्रदेश राजधानीका लागि आवश्यक पूर्वाधार पनि बुटवलमा नै भएको दाबी गर्दै पौडेलले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म निर्माण भइरहेको ठाउँ भएकाले पनि राजधानी बनाउन उपयुक्त हुने दाबी गरे ।

बुटवल नै राजधानी बनाउन पर्ने पाँच नम्बर प्रदेशका बहुसंख्यक जनता र बहुसंख्यक प्रदेश सासंदको चाहना भएको पौडेलको दाबी छ ।

‘पाँचनम्बर प्रदेशको राजधानी बुटवल नै ठीक छ । जे निर्णय भएको छ, ठीक छ’, उनले भने, ‘यो निर्णयमा पुग्नका लागि मेरो पनि भूमिका छ ।’

बुटवललाई राजधानी तोकिएकोमा तपाईकै पार्टीका शंकर पोखरेलको असहमति छ नि भन्ने प्रश्नमा पौडेलले भने, ‘लोकतन्त्रमा असहमति राख्न पाइन्छ । अहिले आन्दोलनको बाटो जाने होइन । प्रदेशसभाको क्षेत्राधिकार हो भनेर स्वीकार गर्नुपर्छ ।’

एमालेका उपमहासचिव पौडेलले रुपन्देहीले प्रदेशको राजधानी पाएकोमा एमालेका नेता तथा कार्यकर्ताहरू खुसी हुनुपर्ने बताए । ‘शंकर पोखरेललाई ५ नं. प्रदेशको मुख्यमन्त्री बनाउनेबारे एमालेले ठोस निर्णय गरेको छैन’, उनले भने, ‘निर्वाचन अगाडि उहाँलाई मुख्यमन्त्री बनाउने भन्ने सहमति भएको हो । त्यो सहमति कार्यान्वयन हुन्छ ।’

Published : Friday, 2018 January 19, 12:19 pm

17 प्रतिकृया प्राप्त “दाङको आन्दोलनमा सहभागी नहुन एमालेलाई पौडेलको निर्देशन”

  • जिल्ला स्तरको हैसियत भए का केन्द्रीय नेता हुनुहुदोरहेछ ।उहामा सिङ्गो देशको नेता बन्न सक्ने योग्यता रहेनछ ।

    • हो ! एमाले ले जे बन्छ त्यो बिष्णुले भनेको सम्झनु पर्छ । सायद अब बिष्णुको राजनैतिक यात्रा यहिबाट समाप्त हुनेछ । यदि यो ब्यक्त समाचार खण्डन भयन भने ! यसको मूल्य ठूलो चुकाउनु पर्नेछ ।
      सकृय दङ्गालि

  • Goli hannuparxa comred bishnulai kinki voutik purbadhar jesukai vayni state ko centralization hernu parxa natra centralization nahere k ko sanghita? Five regionals are good. Bharatko aauta pranta jatro deshlai k ko seven state. Poor nepalko dhukuti yastai chor neraharule bader Khan banayko vrastachar nahune upay ho comred bishnu g. Sachcha state vakt neta ho vane dang matra hoen jaha centralization ma capital banau tapaiharu future tesmai can thanks for you.

  • सबैले राजधानी लाई चिन्नै पर्छ भन्ने छैन महाशय राजधानी त सबैलाइ पायक पर्ने हुनु पर्यो नि sanghiyeta ko kunai aauchitya xaina hamro purna ghor birodh

  • दाङ लाई तिमी जस्ता ले सिकाउनु पर्दैन,महासय।

  • उहाँ केन्द्रिय नेता नभएर रुपन्देहीको नेता मात्र हुनुहुदो रैछ । समग्र जनताको नेता भन्न सुहाउदैन ।

  • नेता हरु सबै मिलेका हुन सिङ्गो राष्ट्र लाई कसरी चौतर्फी रूपमा उच्च रुपमा बनायेर बिकास गरुउ भन्नू छैन खाली आफ्नो ठाउँ भन्याछ जे मन लागेको छ तए गरेको छ ।मान्छे भनेको त चौतर्फी वा वा भन्नेहौस बल्ल्ओ भनिन्छ गतिलो काम गर्यो फल्नो नेता ले भनिन्छ।आफ्नो स्वार्थ हेर्ने लाई के को राम्रो भन्नू ।हमिलाइ दाङ्गमा राज्धानि स्वार्थ्को रुप्मा चायेको होइन अन्ने ठाउँ मा पनि गलत तरिकाले बाड्फाड भएको छ।अलि सोच बिचार गरेर काम गर्नुहोला नत्र जन्ता पछि पर्दैनन।

  • मतसल्यनी हो ६नं प्रदेश को तर चिन्ता ५ नं को सबैको पाएक पर्ने दाङ लाई केको बिस्वले चिन्नु पर्यो

  • नेताको पावर र पहुँचको भरमा राजधानी तोक्नेभा सिफारिस समिति किन बनाएको हो? त्यसमा लागेको खर्च को क्षतिपूर्ति बिष्णु पौडेलले तिर्छ

  • बुटवल काे बिकास भयकाे उहाँको भनाइ ले बझाउछ तर दाङ काे बिकाश गरनु छ यसैले दाङ राजधानी हुनुपर्छ

    • बुटवल नै सामरिक दृस्ठिकोणले उचित ठाउँ हो।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया