सांसद दीपक मनाङ्गेलाई पाँच वर्ष कैद, फुत्कियो सांसद पद

काठमाडौं । मनाङ जिल्लाबाट प्रदेश सभामा निर्वाचित कथित ‘डन’ दीपक मनाङ्गेलाई सर्वोच्च अदालतले ज्यान मुद्दामा पाँच वर्ष सजाय तोकेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मंगलबार मनाङ्गेलाई पाँच वर्ष थुन्ने फैसला गरेको हो । फैसलासँगै मनाङ्गको सांसद पद निलम्बनमा परेको छ ।

विभिन्न मुद्दाहरू खेप्दै आएका मनाङ्गे केही समय अगाडि एमालेमा प्रवेश गरेका थिए । प्रदेश सभामा स्वतन्त्रबाट उम्मेदवारी दिएर मनाङ्गे विजयी भएका थिए ।

Published : Tuesday, 2018 January 16, 6:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया