दाङमा मंगलबारदेखि फुटबलको ‘कुम्भ’ मेला

घोराही । दाङ जिल्लामा मंगलबारदेखि २८औँ राष्ट्रिय च्याम्पियनशिप फुटबल प्रतियोगिताको हुँदै छ ।

प्रतियोगिता माघ २ देखि ६ गतेसम्म घोराही र तुलसीपुर उपमहानगरपालिकाको खेल मैदानहरूमा हुनेछ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुन लागेको फुटबलको सोमबार तुलसीपुरको अरनिको मैदानमा उद्घाटन खेल हुनेछ ।

प्रतियोगिताको समापन भने घोराहीको भरतपुरस्थित खेल मैदानमा हुनेछ । बाँकी प्रतिस्पर्धाहरू तुलसीपुर र घोराहीमा हुने फुटवल संघ दाङका अध्यक्ष सुशील श्रेष्ठले बताए । प्रतियोगितामा सहभागी हुन खेलाडीहरू दाङमा आइसकेका छन् ।

प्रतियोगिताको उद्घाटन खेल विभागीय टिम सशस्त्र प्रहरी र मध्यपश्चिम बिकास क्षेत्रबीच हुने अध्यक्ष श्रेष्ठले बताए ।

Published : Monday, 2018 January 15, 7:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया