काठमाडौंमा दुई महिलासहित २७ जुवाडे अखडाबाट पक्राउ

काठमाडौं । काठमाडौंको कमलादीस्थित एक होटेलमा छापामारेर प्रहरीले २७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत दरवारमार्गबाट खटिएको टोलीले कमलादीस्थित होटल ल्याण्डमार्कबाट शनिबार जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दुई महिला २५ जना पुरुष रहेका छन् । प्रहरीले उनीहरुको साथबाट तीन लाख ८९ हजार नेपाली रुपैयाँ, सय डलर सहित १६ थान कौडा बरामद गरेको प्रहरीले जनाएको छ ।

Published : Monday, 2018 January 15, 12:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया