पराजयको पाठ सिकेर कांग्रेसलाई जीवन दिन्छौँः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले हालै सम्पन्न निर्वाचनमा व्यहोरेको हारको आवेगमुक्त भएर समीक्षा गर्नको लागि तत्काल केन्द्रीय कार्यसमितिको बैठक बस्ने जानकारी दिएका छन् । उनले भने, ‘केन्द्रीय कार्यसमिति बैठक चाँडै बस्छ, आन्तरिक गृहकार्यमा जुटिसकेका छौं ।’

आइतबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रवक्ता शर्माले पार्टी पराजयको बारेमा गम्भिर समीक्षा गर्नुपर्ने बताए । पार्टीलाई पुनर्जीवन दिलाउनको लागि अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले ठोस निर्णय लिने उनले बताए ।

उनले कांग्रेस अब रुपान्तरण हुने स्पष्ट पारे । शर्माले भने, ‘हामी बदलिन्छौं, आवेगमुक्त भएर समीक्षा गर्छौं, किनकी कांग्रेसले पहिलो पटक हार व्यहोरेको होइन, त्यसैले बिरामीलाई पहिले अस्पताल लैजानुपर्छ, अनिमात्रै सही डाईगनोशिस हुन्छ, अस्पताल नै नलगिकन घरमै राखेर मेडिसिन दिन थालियो भने सही डाईग्नोशिस हुन सक्दैन् ।’ उनले कांग्रेसलाई नवजीवन दिने समय आएको पनि बताए ।

Published : Sunday, 2018 January 14, 9:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया