दीप गिरीको शब्दमा साधना सरगमको स्वर (भिडियो)

काठमाडौं । गीतकार दीप गिरीद्वारा रचिएको ‘चारै दिशा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा संगीतकार शिखर सन्तोषले संगीत दिएका छन् ।

गायक राज खाम्वु र सुप्रसिद्ध भारतीय गायिका साधना सरगमले गीतमा स्वर दिएका छन् । शान थापाले निर्देशन गगरेको म्युजिक भिडियोमा निराजन प्रधान र संगीता नापितको उत्कृष्ट अभिनय रहेको छ । कोरियोग्राफर राजिप समिर रहेका छन् ।

त्यसैगरी छायाङ्कन सौराप लामाले गरेका हुन् । सम्पादन सपिम पराजुलीले गरेका छन् ।

संगीतकार राजु सिंहको प्रतिबिम्ब भाग २ एल्बमवाट २०५० साल ताका ‘सुनकेशरी’ बोलको गीतबाट रचना सरु गरेका गीतकार गिरीका ‘फुटेको ऐना’ बोलको गीत गायक कर्ण दाशले र योजना पुरीको समर्पण एल्बममा ‘मौका नै दिएनौ’ बोलको गीत सार्वजनिक भइसकेका छन् । केही गीतहरू आउने क्रममा छन् ।

https://www.youtube.com/watch?v=ezQhPItzbS8

Published : Sunday, 2018 January 14, 8:22 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया