खतरनाक गुन्डा नाइके मनोज पुनका सहयोगी काठमाडौं ल्याइए

काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका गुन्डा नाइके मनोज पुनका सहयोगीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा कतारमा पक्राउ परेका २८ वर्षीय तुल बहादुर सिंजालीलाई प्रहरीले शनिवार नेपाल ल्याएको हो ।

नेपाल प्रहरीको इन्टरपोल शाखाका एसपी किरण बज्राचार्यले सिंजालीलाई शनिवार नेपाल ल्याएको पुष्टि गरिन् । दुर्गा तिवारीको हत्याका मुख्य अभियुक्त भएकाले खोजी सूचीमा सिंजाली पनि थिए ।

सिंजालीलाई दुवाई प्रहरीले दुई साताअघि नै पक्राउ गरेको थियो। गत वर्षको पुस ४ गते रुपन्देहीमा एमाले युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्यामा सिंजालीको संलग्नता देखिएकाले प्रहरीको खोजी सूचीमा थिए ।

सिंजालीले पुनको निर्देशनमा नेपालमा बसेर तिवारीको हत्या गर्ने सबै प्रबन्ध मिलाएको प्रहरीले जनाएको थियो ।

Published : Saturday, 2018 January 13, 7:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया