मकवानपुरमा १४ लाखको छालासहित थापा पक्राउ

हेटौँडा । बन्यजन्तुको छाला बिक्री गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्जीव थापालाई पक्राउ गरेको छ ।

बुधबार बिहान सवा दश बजे थाहा नगरपालिका वडा नं. १ को ओखरबजारस्थित सडकमा बन्यजन्तुको छाला बिक्री गरिरहेका स्थानीय ४२

वर्षीय सञ्जीव थापालाई छालासहित गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी विकास खनालले जानकारी दिए ।

बन्यजन्तुको छाला १४ लाखमा बिक्री हुँदै छ भन्ने सूचना पाएपछि ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक वीरेन्द्रकुमार पासवानको कमाण्डमा टोली खटिएको थियो ।

सञ्जीव थापाले ग्राहक खोजी रहेको अवस्थामा फेला पारेको जनाएको छ । प्लाष्टिकको बोराभित्र ६ फिट लम्बाई र १ फिट ६ ईञ्च चौडाइ भएको हिउँ चितुवाको छालासहित थापा पक्राउ परेका हुन् ।

Published : Wednesday, 2018 January 10, 6:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया