अदालतविरुद्ध उत्रिएका डा.केसीलाई पक्राउ गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थानको डीनमा शशि शर्मालाई पुनर्वहाली गर्न आदेश दिएलगत्तै त्यसको विरुद्ध अनशनमा उत्रिएका डा.गोविन्द केसीलाई अदालतमा पेश गर्न अदालतले आदेश दिएको छ ।

अदालतको अबहेलना गरेको भन्दै डाक्टर केसीविरुद्ध उनीविरुद्ध परेको मुद्दामा सुनुवाई गर्दै उनलाई अदालतमा उपस्थित गराउन निर्देशन दिइएको हो ।

सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले दिएको प्रतिवेदनका आधारमा मुद्दा दायर भएको थियो ।

उनलाई मंगलबार उपस्थित गराउन प्रहरीलाई सर्वोच्चले पत्राचार गरेको छ । केसीले सोमबारबाट १४ औं अनशन सुरु गरेका थिए ।

Published : Monday, 2018 January 8, 6:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया