एमाले–माओवादीले राजनीतिकरण गर्न खोजेपछि देउवाले प्रशंसनीय काम

काठमाडौं । सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधरणलाई २ करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले उक्त निर्णय गरेको हो । गृह मन्त्रालयले तराईका २२ जिल्लामा एउटा जिल्लामा १० लाख रुपैयाँको कम्मल, दाउरा लगायतका न्यायनो सामाग्री वितरण गर्ने निर्णय गरेको छ ।
गृहले आजै सरकारको मौजदातमा रहेका कम्मल लगायतका समाग्रीहरू पनि तत्काल तराईका २२ जिल्लामा पठाउने तयारी गरेको छ ।
‘प्रधानमन्त्रीको निर्देशमन तराईमा २२ जिल्लामा तत्काल २ करोड २२ लाख रुपैया बराबरको राहत वितरण गर्ने निर्णय भएको छ’, गृह सचिव मोहोनकृष्ण सापकोटाले भन्नुभयो, ‘राहत वितरणको कार्य आजैदेखि सुरु हुन्छ, केन्द्रबाट कम्मल लगायतका सामाग्री जाने क्रम सुरु भैसकेको छ ।’
गृहले जिल्लास्थित स्थानीय विपत व्यवस्थापन समितिको सिफारीसमा उक्त राहत वितरण गर्ने निर्देशन समेत गरेको छ । गृहले तत्काल केन्द्रीय दैविप्रकोप उद्दार कोषबाट उक्त रकम वितरण गर्ने भएको हो ।
गृह मन्त्रालयले काठमाडौंस्थित मानवीय सहायता कक्ष र सशस्त्र प्रहरीको मौजदातमा रहेका न्यायानो कपडा वितरण पनि आजैबाट सुरु भएको जनाएको छ ।
‘मौजदातमा रहेका न्यायानो कपडाहरू आजैदेखि जिल्ला जान सुरु भएको छ’ गृह सचिव सापकोटाले भन्नुभयो, ‘सशस्त्र प्रहरीको ट्रकबाट ढुवानी सुरु भैसकेको छ ।’
गृहले तराईमा स्कुल लगायतका सार्वजनिक भवनमा बालबालिका र बुढापाकालाई न्यायानोमा राख्न अस्थायी सेल्टर पनि खडा गर्ने सम्वन्धीत जिल्लालाई निर्देशन गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
यसमा तपाइको मत