पाँच नं. प्रदेशको राजधानीका लागि नयाँ स्थान प्रस्ताव

काठमाडौं । सरकारले प्रदेश ५ का लागि दाङको लमहीलाई सबैभन्दा उपयुक्त क्षेत्र प्रस्ताव गरेको छ ।

सो क्षेत्रमा नगर विकास समितिको नाममा सरकारी स्वामित्वको दुई सय पाँच बिघा जमिन छ । प्रदेश कार्यालयका लागि तत्काल आवश्यक पर्ने भवन पनि बनिरहेकाले सो क्षेत्र उपयुक्त हुने मन्त्रालयले जनाएको छ ।

यस्तै, पछि प्रदेश राजधानीका रूपमा व्यवस्थित गर्न सकिने र सरकारी स्वामित्वमा प्रशस्त जमिन रहेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले बुटवलमा सरकारी स्वामित्वमा प्रशस्त जमिन नरहेको र अधिग्रहण गर्नुपर्दा महँगो पर्ने, प्रदेश कार्यालयका लागि आवश्यक पर्ने सरकारी भवन पर्याप्त नरहेको र भौगोलिक रूपमा पनि अन्य जिल्लालाई पायक नपर्ने जनाएको छ ।

Published : Friday, 2018 January 5, 7:24 am

2 प्रतिकृया प्राप्त “पाँच नं. प्रदेशको राजधानीका लागि नयाँ स्थान प्रस्ताव”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया