ओली–नेपालबीच ‘घम्साघम्सी’, सडकमा आयो घर झगडा

काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा ठूलो दल बनेको एमालेभित्र केपी ओली र माधवकुमार नेपाल समूहबीच शीतयुद्ध सुरु भएको छ ।

ओलीका कारण एमाले ठूलो दल बन्न सफल भएको भन्दै केन्द्रीय सदस्य विष्णु रिमालसहितको समूह लागेको आरोप छ । त्यसको प्रतिवदामा नेपाल समूह रहँदै आएको छ ।

नेपाल समूहले पनि ओली समूहविरुद्ध सामाजिक सञ्जालबाट जवाफ दिइरहेको छ । केही दिन अगाडि एमालेका सचिव योगेश भट्टराईले केपी ओलीलाई राजनीतिक विश्राम लिन सुझाव दिँदै प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष घुमाउरो भाषामा अस्वीकार गरेपछि ओलीको किचन क्याबिनेटका नेता विष्णु रिमालले ट्वीट गर्दै कडा आलोचना गरेका हुन् । केपी ओलीलाई राजनीति छाड्न योगेश भट्टराईले दिएको सुझावलाई ओली समूहले रुचाएको छैन ।

‘उ बेला ओलाङगचुङगोलादेखि जोगबुढासम्म तिनै बुढा ओलीले सम्बोधन नगरे खेल जित्छु भन्ने आँट हाम्रा खेलाडीहरूमा थिएन । अहिले यसो सुन्छु र दंग पर्छु, तिनै ओलीको ‘बकअप’बाट ट्रफी पाउने साथीहरूको ‘माक–फुँई’ले के बिधि सगरमाथा चढेको हो ?’, भन्दै योगेश भट्टराईप्रति रिमालले कटाक्ष गरेका छन् ।

रिमाललाई ट्वीटमार्फट जवाफ दिँदै योगेश भट्टराईले भनेका छन्, ‘करिब ३५ वर्ष भयो विष्णु रिमालसँग चिनजान र संगत भएको, उहाँ एक सालीन र मिलनसार लाग्छ मलाई । तर, मेरा बारेमा उहाँले प्रयोग गरेका शब्द र टिप्पणीले कुन विष्णु रिमाल हो छुट्याउन गाह्रो भयो । उहाँले मप्रति जति नकारात्मक टिप्पणी गरेपनि मेरो उहाँप्रति सधैं सदभाव रहिरहनेछ ।’

केपी ओली समूह एमालेको पक्षमा नतिजा आउनुमा आफूहरूको मात्रै भूमिका छ भन्ने अहँतामा छ । तर, नेपाल समूहले त्यसलाई मान्न तयार छैन । यही लडाइँमा ओली–नेपाल समूहका किचन क्याबिनेटका नेताहरूबीच सामाजिक सञ्जालमा शीतयुद्ध भएको हो ।

नेपाल समूहले ओलीलाई प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष बन्नबाट रोक्न खोजेको तथा प्रचण्डलाई उचालेको आरोप लगाउँदै आएको छ । नेपाल समूहले आफूहरूलाई ओलीले पेलेर लैजान खोजेको भन्दै विवाद रहँदै आएको छ ।

Published : Wednesday, 2018 January 3, 10:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया