बालकोटमा ‘प्रचण्ड’विरुद्ध यसरी बन्दैछ योजना

काठमाडौं । एमाले र माओवादीबीचको पार्टी एकीकरणको विषयर्लाइ पछाडि धकेल्न अनेक तिकडम भएको रहस्य खुलेको छ । केपी ओली र उनको समूह माओवादीसँगको पार्टी एकीकरण प्रक्रियालाई विथोल्ने गरेर गतिविधि गरिरहेको स्रोतले जनाएको छ ।

ओली समूहले माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम जोडेर अनेक खालका बदनाम गर्ने अभिव्यक्ति थालेको छ । केही दिन अगाडि नेपाल र प्रचण्डबीच भएको बीच ‘वान टु वान’ वार्तालाई पनि ओली समूहले गोप्य छलफल भएको भन्दै आशंका जनाएको छ ।

त्यो छलफल लगत्तै ‘प्रचण्ड’ले नारायणकाजी श्रेष्ठ बाहेक आफ्ना विश्वासपात्रहरू कृष्णबहादुर महरा, बर्षमान पुन, रामबहादुर थापा, अग्नि सापकोटा, हरिबोला गजुरेलसँग परामर्श गरेको स्रोतले जनाएको छ । सो छलफलमा केपी ओलीलाई ‘सर्वोच्च नेता’ बन्न प्रस्ताव गर्ने र आफू पार्टी अध्यक्ष बन्नेबारे छलफल गरेका छन् ।

यो प्रस्तावले केपीको हातबाट पार्टी नेतृत्व खोसिने उनलाई दोस्रो मनमोहन अधिकारी बनाउन सकिने आगामी विशेष महाधिवशेनपछि माधव–झलनाथ–वामदेवसँग मिलेर केपी ओलीलाई आइसोलेटेड गरी पार्टी नेतृत्वमा ‘आफ्नो हात जगन्नाथ’ गर्न सकिने हुनाले यसमा प्रचण्ड–माधव–झलनाथ र वामदेव एक ठाउँमा उभिन सकिने लक्षण देखिएको छ ।

भावी अध्यक्षको रुपमा चर्चामा रहेका र्इश्वर पोखरेललाई पनि माइनस गर्न यो फर्मूलाले काम गर्ने सोचाई उनीहरूको चर्चा हुन थालेको छ ।

ओली आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै बनेर प्रचण्ड र माओवादीलाई कजमोर भूमिकामा धकेल्ने तयारी गरेको एक नेताले बताए ।

सुरुमा एमाले नेता माधव नेपालले पार्टी एकताप्रति त्यति रुची राखिरहेको थिएनन् । तर, ‘प्रचण्ड’लाई प्रयोग गरेर ओलीलाई कमजोर बनाउन सकिने र अन्ततः विशेष महाधिवेशनपछि प्रचण्डकै सहायतामा पार्टी अध्यक्ष बन्न सकिने तथा यसबीचमा परिआए प्रधानमन्त्री बन्न सकिने हिसाबकिताब गरेर माधव नेपालले चतूरतापूर्वक प्रचण्डसँग मित्रता बढाएको रिपोर्ट ओली समक्ष पुगेपछि बालकोट झस्किएको एक नेताले बताए ।

सुरुदेखि नै पार्टी एकताको निम्ति मरिमेटेर लागेका सोझा र भावुक स्वभावका वामदेव र झलनाथ भने यतिबेला प्रचण्डको समेत विश्वास जितेर राष्ट्रपति बन्न चाहिरहेको निष्कर्ष केपी ओली किचन क्याविनेटको रहेको बताइन्छ ।

ओलीको किचेन क्याबिनेटकाहरूले पनि यसले सुईको पाइसकेको र ओलीलाई पार्टी विधानमा नभएको रहस्यमय पदलाई अस्वीकार गर्न सुझाइसकेको बालकोट स्रोतले जनाएको छ ।

चारवटा हेलिकोप्टरसहित एक्कासि रसुवा पुगेर आफ्नो किचेन क्याबिनेटको बैठक राखेका ओलीसँग प्रचण्ड मात्रै होइन एमाले नेताहरू माधव, झलनाथ समूहमा झस्का पसेको बताइन्छ ।

प्रचण्ड र माधव–वामदेव–झलनाथका विश्वासपात्रहरूले अध्यक्षमण्डलको प्रस्ताव अगाडि सारेका छन् । अध्यक्ष मण्डलको अध्यक्षमा ओली र प्रचण्ड दुवै रहने र प्रधानमन्त्रीमा अढाई वर्ष आलोपालो गर्ने योजना छ । महासचिव पोखरेल र ओली स्वयम्ले घुमाईफिराई ‘प्रचण्ड’लाई अध्यक्ष मान्न नसकिने संकेत दिइसकेका छन् र आलोपालो प्रधानमन्त्रीको प्रस्तावलाई पनि खारेज गरिदिएको छ ।

केपी ओलीले माओवादीलेभन्दा बीस लाख समानुपातिक मत बढी ल्याउने एमालेले माओवादी केन्द्रका प्रमुख ‘प्रचण्ड’लाई अध्यक्ष बनाउँदा पार्टीभित्रको सन्तुलन बिग्रिने र पार्टी पंक्तिभित्र निरासा छाउने तथ्य राम्ररी बुझेका छन् । ओलीले पार्टी अध्यक्ष आफैं हुने तरिकाले पार्टीभित्र रणनीति तय गरेका छन् ।

Published : Wednesday, 2018 January 3, 9:50 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया