देउवा–पौडेलबीच दुरी बढ्यो, भयो गर्नै नहुने काम

काठमाडौं, १७ पुस । कांग्रेसभित्रको गुटको राजनीतिले नेपाल विद्यार्थी संघलाई पनि लतारेल लगेको छ । यसको प्रभाव आइतबार काठमाडौंमा देखिएको छ ।

४२औं राष्ट्रिय मेलमिलाप दिवस मनाउने क्रममा नेविसंघको सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम गरेका हुन् । देउवा समूहले राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेको थियो । यसको नेतृत्व नेविसंघका अध्यक्ष नैनसिंह महरले गरेका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले त्रिचन्द्र क्याम्पसको मैदानमा गुटको कार्यक्रम गरेका थिए । यसको नेतृत्व नेविसंघका नेता मनोजमणि आचार्य समूहले गरेको थियो ।

राष्ट्रिय सभागृहमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले सम्बोधन गरेका थिए । त्रिचन्द्र क्याम्पसको कार्यक्रमलाई नेता प्रकाशमान सिंहले सम्बोधन गरेका हुन् ।

दुबै कार्यक्रममा महामन्त्री डा.शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा रामशरण महत लगायतका नेताहरू अनुपस्थित रहेका थिए ।

गुटको कार्यक्रम छल्ने किसिमले महामन्त्री डा.शशांक कोइराला पोखरामा भएको कार्यक्रमलाई संवोधन गर्न गएका थिए ।
कांग्रेसभित्रको देउवा र पौडेल समूहको विवाद नेविसंघ हुँदै सडकसम्म आइपुगेको छ । पौडेल समूहले आफूहरूलाई देउवा समूहले पेल्दै आएको आरोप लगाउँदै आएको छ ।
तर, यो आरोप मान्न देउवा समूह तयार छैन । देउवा समूहले सबैलाई मिलाएर लैजान खोज्दा खोज्दै पौडेल समूह बखेडा झिकेर जाने गरेको बताएको छ ।

Published : Monday, 2018 January 1, 8:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया