कांग्रेसका यी हुन् हाइप्रोफाइल अन्तरघाती नेता, परे कारबाहीमा

ललितपुर । नेपाली कांग्रेसका पूर्व सांसद र पूर्व केन्द्रीय सदस्यहरूले अन्तरघात गरेर पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन सघाएको आरोपमा कारबाहीको भागिदार बनेका छन् ।

ललितपुर कांग्रेसको अनुशासन समितिले अन्तरघात गर्ने ओमकारप्रसाद श्रेष्ठ, रामकृष्ण चित्रकार, जितेन्द्र मलेखु, कबेलबहादुर लामासहितका दिग्गज नेताहरूलाई साधारण सदस्य समेत नरहने गरेर पार्टीबाट निष्काशन गर्न केन्द्रमा सिफारिस गरेको छ । समितिका संयोजक नवराज महतको अध्यक्षतामा बसेको बैठकले उनीहरूविरुद्ध कठोर निर्णय गरेको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य मीनकृष्ण महर्जनका अनुसार अनुशासन समितिले बुधबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा कारबाहीको सिफारिसमा परेका नेताहरूको नामसहितको पत्र बुझाएको छ ।

कांग्रेसका लागि ठूलो योगदान गरेका ठूला नेताहरूबाट खुलेरै आफ्ना उम्मेदवार हराउन लागेपछि अनुशासन समितिले कारबाही गरेको महर्जनले बताए ।

ललितपुरबाट कारबाहीको सिफारिसमा पर्नेहरूमा ओमकारप्रसाद श्रेष्ठ, रामकृष्ण चित्रकार, जितेन्द्र मलेखु, कबेलबहादुर लामा, भरतलाल न्याछे, प्रमोद शर्मा र विकासकुमार रोका रहेका छन् ।

ओमकारप्रसाद श्रेष्ठ नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य र मन्त्री भइसकेका प्रभावशाली नेता हुन् । १४ वर्षको उमेरमा श्रेष्ठले प्रजातन्त्र ल्याउन भन्दै राजा महेन्द्रमाथि बम समेत प्रहार गरेका थिए ।

अन्तरघात गर्नेमा अर्का नेता हुन् रामकृष्ण चित्रकार । चित्रकार दुई पटक कांग्रेसबाट सांसद भएका व्यक्ति हुन् । कांग्रेसको भातृ संगठन नेपाल तामाङ संघका केन्द्रीय अध्यक्ष कबेलबहादुर लामामा पनि कारबाहीको भागिदार बनेका छन् ।

कारबाहीको सिफारिसमा पर्नेमा ललितपुर कांग्रेसको सभापति पदमा उम्मेदवार बनेर पराजित बनेका जितेन्द्र मलेखु पनि रहेका छन् ।
ललितपुरमा विवेकशील साझा पार्टी, एमाले र माओवादी केन्द्रका उम्मेदवारहरूलाई जिताउन खुलेरै लागेका थिए ।

ललितपुर कांग्रेसले क्षेत्र नं. १ मा उदयशम्शेर राणा, २ मा चन्द्र महर्जन र ३ मा मदनबहादुर अमात्यलाई उम्मेदवार बनाएको थियो ।

Published : Thursday, 2017 December 28, 11:38 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया