मधाव नेपालपनि कांग्रेसविरुद्ध देखिए

काठमाडौं । एमालेका नेता माधवकुमार नेपालले मुलुकमा प्राप्त जनमतलाई नेपाली कांग्रेसले अपमान गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, “जनादेशअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा कांग्रेसले सत्ता लम्बाउनका लागि अनेक बखेडा निकालेको छ ।”

नेता नेपालले नेपालको संविधान संसारकै गर्भ गर्न लायक रहेको बताउँदै त्यसलाई कार्यान्वयनमा ल्याउन सचेत ढंगबाट सबै राजनीतिक दल लाग्नुपर्नेमा जोड दिए ।

जनताको अधिकार सुनिश्चित गर्न वाम गठबन्धन कहिलै पछि नहटेको चर्चा गर्दै उनले भने, “कम्युनिष्टले प्रजातान्त्रिक प्रणाली खान्छन कि लोकतन्त्र खान्छन् वा अधिनायक ल्याउँछन् भनेर जनतालाई झुक्याउने दिन समाप्त भएको छ, वामपन्थी त्यसमा सचेत छन ।”

Published : Wednesday, 2017 December 27, 5:09 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया