यी हुन् योगेश भट्टराईविरुद्ध लाग्ने मेयर, एमालेमा कारबाहीको सिफारिस

ताप्लेजुङ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीलाई असहयोग गरेको भन्दै एमाले ताप्लेजुङले फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेललाई कारबाहीको सिफारिस गरेको छ ।

शुक्रबार र शनिबार दुई दिन बसेको जिल्ला कमिटीको बैठकले जिल्ला कमिटी सदस्य समेत रहेका प्याकुरेललाई साधारण सदस्य समेत नरहने गरी कारवाही गर्न सिफारिस गर्ने निर्णय हो ।

ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई आफैं प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए ।

मेयर प्याकुरेलमाथि अर्कै पार्टीको उम्मेदवारलाई भोट मागेको तथा पार्टीका उम्मेदवारविरुद्ध गलत प्रचार गरेको आरोप छ ।

एमालेका तर्फबाट मेयर जितेपनि निर्वाचनमा पार्टी उम्मेदवारबारे गतल प्रचार गरी पार्टीलाई क्षति पुर्‍याएकाले कारबाही सिफारिस गरिएको अध्यक्ष बलबहादुर साम्सोहाङले बताए ।

उनलाई २०७० सालमा पनि पार्टी हित विपरित कार्य गरेको भन्दै जिल्ला कमिटीले निलम्बन गर्न सिफारिस गरेको थियो । तर, माथिल्लो कमिटीले निर्णय बदर गर्दा प्याकुरेल एमालेमै रहेका थिए ।

पूर्वसंसद भुपेन्द्र थेबे र उर्मिला थेबेलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । उनीहरूले पनि चुनावमा पार्टी नीति विपरित कार्य गरेको गुनासो कार्यकर्ताबाट आएको साम्सोहाङले बताए ।

Published : Saturday, 2017 December 23, 6:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया