पूर्वराजारानीले यी जिल्लाहरूको भ्रमण गर्ने

डोटी । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह सुदूरपश्चिम भ्रमणमा आउने भएका छन् ।

एक हप्तापछि केही दिनको निजी भ्रमणमा मध्यपश्चि हुँदै पूर्वराजदम्पती सुदूरपश्चिम आउने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

भ्रमणको क्रममा उनीहरू डोटीको शैलेश्वरी, बैतडीको त्रिपुरासुन्दरी र डडेलधुराको उग्रतारा जाने कार्यक्रम रहेको छ ।

पूर्वराजादम्पतीले डोटीमा शुभचिन्तकसँग पनि भेट गर्ने स्थानीय एकजनाले बताए ।

डोटीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राजदम्पती आउने कुनै आधिकारीक जानकारी नआएको बताए ।

राजादम्पती आगामी साता सुदूरपश्चिम आउने खबर आएपछि राजा सर्मथक नेताहरूको जिल्लामा निकै चहल पहल बढेको छ ।

Published : Saturday, 2017 December 23, 6:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया