प्रदेशतर्फ समानुपातिकमा एमाले-कांग्रेसबीच झिनो अन्तर

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा सदस्यतर्फको समानुपातिक सिट बाँडफाँट गरेको छ । प्रदेशसभातर्फ सबैभन्दा धेरै एमालेले सिट पाएको छ भने दोस्रोमा नेपाली कांग्रेसले धेरै सिट ल्याएको छ ।

एमालेले ७५ सिट पाएको छ । कांग्रेसले ७२ र माओवादी केन्द्रले ३५ सिट पाएको छ । पाँच वटा प्रदेशमा नेकपा एमालेले धेरै सिट पाएको छ । प्रदेश २ मा समानुपातिक सिटमा चौथो दल भएको एमाले प्रदेश ७ मा भने नेपाली कांग्रेससँग बराबरीमा छ ।

१ नं. प्रदेशले समानुपातिकबाट ३७ सांसद पाएको छ । एमालेले १५ सिट हात पारेको छ । कांग्रेले १३ र माओवादी केन्द्रले ५ सिट पाएको छ ।
२ नं. प्रदेश नम्वर २ मा समानुपातिकबाट ४३ सांसदले प्रदेश सभामा प्रवेश पाउने छन् ।

यस प्रदेशमा कांग्रेसको उपस्थिति बलियो छ । यसमा नेपाली कांग्रेसले ११, राष्ट्रिय जनता पार्टी नेपालले १०, नेकपा एमालेले ७, माओवादी केन्द्रले ५ र संघीय समाजवादी पार्टीले ९ सिट हात पारेको छ ।

३ नं. प्रदेशसभातर्फ धेरै समानुपातिक सिट पाउनेमा यो प्रदेश पर्छ । प्रदेश तीनले ४४ सांसद पाएको छ । एमालेले १६, कांग्रेसले १४ र माओवादीले ८ सिट पाएको छ ।

प्रदेश ४ ले २४ समानुपातिक सांसद पाउनेछ । एमालेका १०, कांग्रेसका ९ र माओवादी केन्द्रका ३ जनाले प्रदेश सभामा सांसद बन्न पाउने भएका छन् ।

५ नं. प्रदेशमा एमालेले १३, नेपाली कांग्रेसले १२ र माओवादीले ६ सिट पाएको छ । यस प्रदेशले जम्मा ३५ जना समानुपातिक सांसद पाउनेछ ।

६ नं. प्रदेशमा समानुपातिकतर्फबाट सबैभन्दा कम सांसद हुनेछन् । १६ जना सांसद रहने यस प्रदेशमा एमालेले ६ सिट पाएको छ । कांग्रेसले ५ र माओवादीले ४ सिट पाएको छ ।

प्रदेश ७ मा २१ जना सांसद हुनेछन् । यस प्रदेशमा एमाले र कांग्रेसले बराबरी सिट पाएका छन् । एमालेले ८, कांग्रेसले ८ र माओवादी केन्द्रले ४ सिट हात पारेको छ ।

Published : Friday, 2017 December 22, 6:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया