‘अध्यक्ष र प्रधानमन्त्री ओली’, के गर्छ माओवादी ?

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको चर्चा चलिरहेका बेला एमालेका केही नेताहरूले प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष छाड्न नहुने भनेर लविङ गरिरहेका छन् ।

एमालेका नेता राजन भट्टराईले पनि पार्टी एकीकरणपछिको अध्यक्ष केपी ओली नै हुनुपर्ने जिकिर गरेका छन् । उनले भनेका छन्, ‘पार्टी एकतापछि पनि केपी ओली अध्यक्ष र प्रधानमन्त्री बन्नु हुन्छ ।’

एमाले नेता भट्टराईले केपी ओलीकै नेतृत्वमा नयाँ सरकार र पार्टी एकता हुने पनि दाबी गरेका छन् । ओलीकै पक्षमा जनमत भएको र भारत, चीन लगायत अन्तर्राष्ट्रिय जगत पनि पनि ओलीकै पक्षमा भएको उनको दाबी छ ।

परराष्ट्र मामिला विज्ञसमेत रहेका भट्टराईले ओली प्रधानमन्त्री भएपछि नेपाल भारत सम्बन्ध राम्रो हुने बताउँदै चिनसँगको सम्बन्ध पनि अझ मजबुत हुने बताए ।

चिनिया रेल पनि केरुङ–रसुवागढी–काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्म पु¥याउने भट्टराईले बताए । त्यसैगरी भारतीय रेल रक्सौल जनकपुर हुँदै काठमाडौं ल्याउने सोच आफूहरूको भएको भट्टराईले बताए ।

एमाले र माओवादीबस्ीच पार्टी एकतामा बढि प्राथमिकता दिनुपर्नेमा जोड दिदै उनले एमालेको स्थायी समिति बैठकबाट एकता प्रक्रिया अगाडि बढ्ने बताए ।

नेता भट्टराईले पार्टी एकताको मोडल महासचिव ईश्वर पोखरेलले भने अनुसार नै संसदीय दल, अध्यक्ष र प्रधामन्त्री एउटै व्यक्ति अर्थात केपी ओली हुने जिकिर गरेका छन् ।

फरक प्रसङ्गमा उनले राष्ट्रपतिले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश रोक्नु ठीक भएको बताउँदै एकल संक्रमणीय मत प्रणालीको व्यवस्था गर्न खोज्नु गलत भएको बताए ।

यस विषयमा तीन जना नेताहरू ओली, शेरबहादुर देउवा र प्रचण्ड बसेर विवाद सुल्झाउनुपर्नेमा उनले जोड दिए ।

Published : Friday, 2017 December 22, 2:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया