प्रधानमन्त्रीको आलोचना गर्ने यी हुन नैतिकता नभएका मन्त्रीहरू

काठमाडौं । सत्तामा बस्नको लागि अनेकौं तर्क, वितर्क, कुतर्क र कारण प्रस्तुत गर्ने पुुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पार्टीको आदर्श, सिद्धान्त र संगठनलाई भन्दा सत्ता, पद र सुविधालाई प्राथमिकता दिएको छ ।

फाटेको जालले छेकेको, छेके पनि छर्लङ्गै देखेको भनेझैं माओवादीले आफ्ना १७ भाई नेतालाई राज्यको ढुकुटी दोहन गर्नकै लागि सत्तामा राखेको पुष्टी भएको छ ।

गत असोज १७ गते नैं प्रमुख प्रतिपक्षी दल एमालेसँग दल एकता गर्ने घोषणा गरेर सत्तामा टाँसिएर वसेको माओवादीलाई प्रधानमन्त्री देउवाले सत्ता छाड्न वारम्वार आग्रह गरेका थिए । तर दल परित्याग गर्ने तर सत्ता नछाड्ने माओवादी मन्त्रीको अडानका कारण प्रचण्ड पनि निर्णयवाट पछि हटेका थिए ।

माओवादीको उपल्लो निकाय सचिवालय बैठकबाट समेत सत्ता परित्याग गर्ने निर्णय गराएको माओवादीले सो निर्णय अन्तिममा कार्यान्वयन गर्न सकेन् । कांग्रेस नेतृत्वको सरकारले निर्वाचन नगराउन अनेकौं षडयन्त्र गर्न सक्ने कुतर्क गर्दै माओवादी मन्त्री सत्तामा टाँसिएका थिए ।

उनीहरुलाई प्रधानमन्त्री देउवाले कुनैं मन्त्रालयको जिम्मेवारी नैं नदिँदा समेत माओवादी मन्त्रीले मन्त्री पद नछोड्नुको कारण निर्वाचनमा झण्डावाल गाडीको दुरुपयोग र निर्वाचन क्षेत्रमा जाँदाको सम्पूर्ण खर्च राज्यको ढुकुटीबाट दोहन गर्न पाइनु नै हो ।

सरकारमा बसेर प्रधानमन्त्री र आफै वसेको सरकारको विरोध गरेर संसारमै पहिलो पटक विचित्रको चरित्र प्रस्तुत गरेको माओवादी नेताले पहिलो र दोश्रो चरणको निर्वाचन सम्पन्न भइसक्दा समेत वर्तमान सरकारले निर्वाचन परिणाम घोषणा नैं हुन दिन्न कि भन्ने आशंकाले सत्तामा बस्नु परेको तर्क गर्न थालेका छन् ।

देउवालाई जम्वो मन्त्री परिषद् निर्माण गरेर इतिहास रचेको भनेर आलोचना गर्ने माओवादीले आफूहरु विनाविभागिय मन्त्री भएर मन्त्रीपरिषद्को आकार ६३ सदस्यीय बनाउने कारक तत्व भएको बिर्सिन खोजेका छन् ।

माओवादीका १७ जना मन्त्रीमध्ये एक जना राज्यमन्त्री शम्भुलाल श्रेष्ठ भने नेपाली कांग्रेसमा प्रवेश गरी पशुपंक्षी बिकास मन्त्रालयको जिम्मेवारी पाउने भाग्यमानी भएका छन् । माओवादीका अधिकास मन्त्रीले मन्त्री निवास पुल्चोकमा बसेर सेवा सुविधा पनि भोगिरहेका छन् ।

Published : Tuesday, 2017 December 19, 10:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया