राजधानीका लागि तुलसीपुरमा दवाव र्‍याली

तुलसीपुर । कामचलाउ सरकारले ५ नं. प्रदेशको अस्थाई राजधानी दाङ तोक्नुपर्ने मागसहित तुलसीपुरमा नागरिक समाजले दवाव र्‍याली निकालेको छ ।

आइतबार स्वस्फुर्त रुपमा नागरिक दवाव र्‍यालीको आयोजना गरिएको हो । आयोजकबिनै भएको दवाव र्‍याली आयोजना भएको रिपोर्टर्स क्लव नेपाल दाङ शाखाका अध्यक्ष शरद रेग्मीले जानकारी दिए ।

स्थानीय पत्रकार तथा नागरिक अगुवाहरूले र्‍याली निकालेका थिए । र्‍यालीमा नागरिक समाजका संयोजक, उद्योगी व्यवसायी, अधिकारकर्मी, विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Published : Sunday, 2017 December 17, 7:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया