केपी ओली नै प्रधानमन्त्री र पार्टी अध्यक्ष : ईश्वर पोखरेल

काठमाडौं । एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा प्राप्त दलीय हैसियतअनुसार सरकार गठन गर्न कुनै समस्या नरहेको पनि स्पष्ट पारे ।

वाम गठबन्धनले सहज बहुमत प्राप्त गरिसकेकाले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओली हुनु स्वभाविक भएको बताए । उनले भने, ‘औपचारिक निर्णयपछि मात्र मैले प्रधानमन्त्री र पार्टी अध्यक्षका बारेमा बोल्न मिल्छ । पार्टी एकताका लागि एकता संयोजन समितिले गृहकार्य गरिरहेको छ ।’

महासचिव पोखरेलले राष्ट्रियसभामा बहुमतीय प्रणालीमा निर्वाचन हुनुपर्ने र ताजा जनादेश आइसकेकाले वर्तमान सरकार नलम्ब्याई तत्काल नयाँ सरकार गठन गर्नुपर्ने बताए ।

Published : Friday, 2017 December 15, 7:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया