लैनचौरबाट कांग्रेसविरुद्ध षड्यन्त्र, भीमार्जुन आचार्यले गरे खुलासा

काठमाडौं । नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको ‘बाम गठबन्धन’ले सरकार बनाउन सहज बहुमत ल्याएपछि भारतसँग जोडर विभिन्न खालका टिकाटिप्पणी हुन थालेको छ ।

संविधानविद् एवम् अधिवक्ता डा.भीमार्जुन आचार्यले ‘बाम गठबन्धन’लाई भारतका कारण बहुमत आएको आरोप लगाएका छन् । ‘एपी वान’ टेलिभिजनसँग बिहीबार गरिएको अन्तर्वार्ताका क्रममा अधिवक्ता डा.आचार्यले एमालेलाई भारतले साइजमा राख्न ‘बाम गठबन्धन’ बाह्यशिक्तले बनाइदिएको दाबी गरे । उनले भारतको डिजाइनमा एमाले र माओवादी केन्द्रबीच बाम गठबन्धन गरिएको बताए ।

‘एमालेको साइज घटाएर माओवादीको साइज बढाएर भारतले आफ्नो उदेश्यपूर्ति गर्न चाहेको थियो । तर, अदृष्य शक्ति भारतका लागि निर्वाचनको परिणाम प्रत्युत्पादक बनेको छ । भारतको अदृश्यशक्तिले एमाले र माओवादी केन्द्रबीच ‘बाम गठबन्धन’ बनाइदिएको हो’, अभिवक्ता डा.आचार्यले भनेका छन्, ‘बाम गठबन्धन गरेर जाँदा एमालेलाई ठूलो घाटा लागेको छ । माओवादीलाई फाइदा भएको छ ।’

डा.आचार्यले बाम गठबन्धन चीनले नबनाएको दाबी गरे । ‘जसले १२ बुँदे सम्झौता गराएका थिए, उनीहरूले नै बाम गठबन्धन बनाइदिएका हुन्’, अधिवक्ता डा.आचार्यले भने, ‘मतदाताहरूले इमान्दारिताका साथ बाम गठबन्धनलाई मत दिएका छन् । स्थायी सरकार र पार्टी एकीकरणको आशा राखेका छन् । यदि पार्टी एकीकरण भएन भने पाँच वर्ष काम गर्न कठिनाइ हुनुपर्छ ।’

उनले भनेका छन्, ‘प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा एमाले एक्लै चुनावमा गएको भए सरकार बनाउन सहज बहुमत ल्याउने थियो । तर, माओवादीसँग मिलेर जाँदा एमालेलाई बेफाइदा भयो । सरकार मिलेरै बनाउनुपर्ने बाध्यता बन्यो ।’

निर्वाचनले दिएको म्याण्डेटअनुसार एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भयो भने बाम गठबन्धनको औचित्य रहने बताएका अधिवक्ता डा.आचार्यले भने, ‘यदि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएन भने यो गठबन्धन भारतको डिजाइनमा बनेको भन्न सकिनेछ ।’

संविधानमा खेल्ने धेरै ठाउँ रहेको बताएका अधिवक्ता डा.आचार्यले भनेका छन्, ‘एमाले र माओवादीबीच पार्टी एकीकरण भएर सरकार बनेन भने संसद विघठन हुने ठूलो सम्भावना छ । भारतीय अदृश्यशक्ति एमालेको साइज घटोस् माओवादीको साइज बढोस् भन्ने चाहन्थ्यो । तर, उल्टो भयो । एमालेलाई घाटौघाटा भएको छ ।’

बाम गठबन्धनले एमालेलाई प्रतिस्पर्धीलाई ठाउँ दिएको अधिवक्ता डा.आचार्यको भनाइ छ । उनले भनेका छन्, ‘बाम गठबन्धनका नाममा निर्वाचनमा प्रतिस्पर्धा हुँदा एमालेलाई झन् ठूलो दीर्घकालीन समस्या भएको छ । राजनीतिक अस्थिरता निम्ताएको छ । दीर्घकालीन शत्रु एमालेले कमाएको छ ।’

भारत नेपाली कांग्रेससँग निकट देखिएको जस्तो गरेर बाम गठबन्धनमा विशेष गरेर माओवादी केन्द्रसँग निकट रहेको अधिवक्ता डा.आचार्यले आरोप लगाएका छन् । भारतले कांग्रेस र एमालेलाई भन्दा पनि माओवादीलाई ठूलो बनाउन खोजेको उनले दाबी गरेका छन् ।

Published : Friday, 2017 December 15, 2:47 pm

1 प्रतिकृया प्राप्त “लैनचौरबाट कांग्रेसविरुद्ध षड्यन्त्र, भीमार्जुन आचार्यले गरे खुलासा”

  • बामपन्थी गठबन्धनलाई बद्नाम गराउने खेलको सुरुवात हो कि ?

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया