दाङको विकासमा सम्झौता हुँदैनः चौधरी

तुलसीपुर । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङ जिल्लाको विकासका लागि अझै सक्रियता बढाउने बताएका छन् ।

तुलसीपुरमा मंगलबार रिपोटर्स क्लब नेपाल दाङ शाखाले आयोजना गरेको कार्यक्रममा चौधरीले दाङको विकासमा कसैसँग सम्झौता नगर्ने बताए । ‘जिल्लाको विकासमा आगामी दिनमा म अझै सक्रियतापूर्वक लाग्नेछु’, उनले भने ।

कांग्रेस विकास प्रेमी पार्टी भएको नेता चौधरीको भनाई थियो । दाङका पुल, सिचाइँ नहर, सडक सबैमा कांग्रेस देखिने भन्दै अबका दिनमा पनि झन् काम हुने उनले बताए ।

कांग्रेसका नेता चौधरी दाङ क्षेत्र नम्वर ३ को प्रदेश सभा ‘१’ बाट निर्वाचित भएका छन् । दाङमा एमाले र माओवादी केन्द्रले क्लिन स्वीप गर्दा कांग्रेसको तर्फबाट चौधरीले मात्रै जितेका थिए ।

Published : Tuesday, 2017 December 12, 5:55 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया