गगन थापामाथि बम हान्ने ‘विप्लव’का खास कमाण्डर पक्राउ, प्रहरीलाई सफलता

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा दस्ता ईञ्चार्जसहित छ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकामा बम पड्काउने गतिविधी गर्दै आएको यो समूहलाई हतियार, दस्तावेज र बमसहित पक्राउ गरेको हो ।
युवा दस्ता इञ्चार्ज रवि गोलेसहित ६ जनालाई पक्राउ गरिएको विशेष ब्युरोका डिआइजी हेमन्त पालले जानकारी दिए ।
गोलसहित प्रहरीले सम्पूर्ण मुक्ति भन्ने विचारमान तामाङ, आरोही भन्ने महेश नेपाली, विकेश लामा, राधे तामाङ र रोशन विष्टलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता मनोज नेपाउनेले जानकारी दिए ।
उनीहरूको साथबाट एउटा चाइनिज पेस्तोल र चारवटा बम बरामद भएको छ । उनीहरूकै योजनामा गगन थापा लगायतका राजधानीका विभिन्न स्थानमा बम पड्काइएको प्रहरीले जनाएको छ ।
‘नेकपा’का महासचिव ‘विप्लव’ नेपालबाट भागेर भारतमा लुकेर बसेका छन् । ‘विप्लव’सहितका नेताहरू लुकेर बसेका बेला बम पड्काउने समूहका नाइकेहरू राजधानीबाट पक्राउ परेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत