एमालेका कार्यकर्ता ओसार्न प्रयोग भएको मेयरको गाडी

काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार राजन भट्टराईले सरकारी गाडी दुरुपयोग गरेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्दवप्रसाद खरेलको सरकारी नम्बर प्लेटको कारमा भटाभट मतदाताहरू बोकेको भेटेपछि स्थानीयले आक्रोश व्यक्त गरेका हुन् ।
अनुगमनको नाममा भटाभट कार्यकर्ता ओसार्न सरकारी गाडी प्रयोग गरेको भेटेपछि स्थानीयले प्रहरीको ध्यानाकर्षण गराएका थिए ।
बा २ झ १६११ नम्बरको गाडी खरेलले प्रयोग गर्ने गाडी हो । तस्बिरमा देखाइएको गाडी स्थानीय र सशस्त्र प्रहरीले रोकेर केरकार गरेका थिए ।
प्रहरीले कार्यकर्ता ओसारेको भनेर बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा पर्ने गाम्टा भन्ने ठाउँमा गाडी रोकेको थियो ।
Published : Thursday, 2017 December 7, 2:04 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
यसमा तपाइको मत