कांग्रेसले मात्रै गरिवी र सुकुम्वासी समस्या हटाउँछः गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफैँ बम पड्काए भनी हल्ला फैलाएहरूप्रति घृणा र दुःख लागेको बताएका छन् ।
मैतीदेवी केन्द्रमा मतदानपछि सञ्चारकर्मीहरूसँग बिहीबार कुरा गर्दै उनले भने, ‘आफैले आफैमाथि बम हान्यो भनी अनुमान गर्न सजिलो छ, यस्तो अनुमान ज्यादै अमानवीय, क्रुर र असंवेदनशील हो ।’
‘३ जना साथीले मतहाल्न सकेनन् । १ जना साथी डिस्चार्ज भए । टाउकाको दुःखाई सामान्य हुँदैछ, ढाडमा केही समस्या छ’, थापाले भने, ‘यस्तो आरोप लगाउनेहरूप्रति मलाई धेरै भन्नु छैन ।’
‘संविधान बनिसकेको छ । अब मेरो पहिलो काम संविधानमा रहेका कानून र नीति नियमलाई व्यवहारमै लागू गर्ने हुनेछ’, उनले भनेका छन् ।
अबको १५ वर्षपछि नेपाल समृद्ध बन्ने उनको भनाइ छ । कांग्रेसको सरकार आएपछि नेपालमा कोही पनि गरिव र सुकुम्बासी नरहने दाबी गर्दै उनले भने, ‘सबै धनी र हुनेखाने हुन्छन्, त्यसैले कांग्रेस गरिब र सुकुम्बासीको पार्टी हुनेछैन ।’
यसमा तपाइको मत