संघीय फोरमद्वारा वीरगञ्जमा आचार संहिताको उल्लंघन

वीरगञ्ज । मौन अवधि जारी रहेका बेला संघीय समाजवादी फोरम नेपालले पर्सा जिल्लामा कांग्रेसका स्थानीय कार्यकर्तालाई पार्टी प्रवेश गराएको छ ।

संघीय फोरमका नेता विमल श्रीवास्तवले बुधबार वीरगञ्जमा विशेष कार्यक्रम गरेर कांग्रेसका सक्रिय कार्यकर्ता उन्नतीलाल साहलाई पार्टीको सदस्यता प्रदान गरेका हुन् ।

वीरगञ्ज महानगरपालिका वडा नं. २४ निवासी साह नेपाली कांग्रेस परित्याग गरेर संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको जनाएका छन् ।

Published : Wednesday, 2017 December 6, 7:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया