एमाले उम्मेदवार शान्ता चौधरीले गरिन् गर्नै नहुने काम

काठमाडौं । नेकपा (एमाले)बाट प्रतिनिधी सभामा समानुपातिक उम्मेदवार तथा केन्द्रीय सदस्य शान्ता चौधरीले निर्वाचन आचार संहिता विपरित उपमहासचिव विष्णु पौडेलको अन्तर्वार्ता सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

दाङको घोराहीमा रहेकी चौधरीले मंगलबार बिहान करिव साढे दश बजे एमालेको फेसबुक पेजबाट पौडेलको निर्वाचनमा मत मागिएको अन्तर्वार्ता सेयर गरेकी हुन् । पौडेल पनि रुपन्देही जिल्लाबाट प्रतिनिधी सभामा बाम गठबन्धनका तर्फबाट उम्मेदवार छन् ।

सोमबार मध्यरातिदेखि निर्वाचन आयोगले मौनअवधि सुरु गरिसकेको छ । तर, एमाले नेतृ एवम् उम्मेदवार चौधरीले आयोगको आचार संहितालाई अटेर गरेर भिडियो सार्वजनिक गरेकी हुन् ।

एक दिन अगाडि फेसबुकमा लाइभ गरिएको पौडेलको अन्तर्वार्तालाई चौधरीले आचार संहिता विपरित सेयर गरेर मतदाता प्रभावित बनाउन खोजेको आरोप विपक्षी उम्मेदवारहरूले लगाएका छन् ।

एमाले नेतृ चौधरीले बेलाबेला उट्पट्याङ गतिविधी गर्दै आएकी छिन् । निर्वाचन आचार संहिता विपरित उनले गरेको यो उट्पट्याङप्रति निर्वाचन आयोगले कारबाही गर्नुपर्ने माग उठेको छ ।

Published : Tuesday, 2017 December 5, 11:21 am

1 प्रतिकृया प्राप्त “एमाले उम्मेदवार शान्ता चौधरीले गरिन् गर्नै नहुने काम”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया