‘कान्छी’ च्याप्दा फुट्ने भयो मसाल, भोट नदिने एमाले–माओवादीभित्र सहमति

बिजुवार । बाम गठबन्धनको आडभरोसामा नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले कान्छी पत्नीलाई आफ्नो विरासत दिने तयारी गरेपछि मसालभित्रै बबण्डर सुरु भएको छ । मसाल पार्टी विभाजनसम्मको अन्तिम तयारीमा पुगेको छ ।

पुनारा कम्युनिष्ट नेता सिंहलाई अहिलेसम्म साथ दिँदै आएका मसालका स्थानीय नेता तथा कार्यकर्ताहरूले कान्छी पत्नी दुर्गा पौडेल सिंहलाई कुनै पनि हालतमा प्रतिनिधी सभाको निर्वाचनमा साथ नदिने भएका छन् ।

पौडेलले प्यूठान जिल्लामा एमाले र माओवादी केन्द्रको समर्थनमा प्रतिनिधी सभामा उम्मेदवारी दिएकी छिन् । विवादित छविकी पौडेलले जग्गा दलालीदेखि जर्मनमा आफ्ना दुई बहिनीलाई पठाएको तथा विदेश पठाउनेभन्दै थुप्रै युवाहरूको रकम ठगी गरेको आरोप छ ।

‘राष्ट्रिय जनमोर्चा र नेकपा (मासाल)भित्र एकसे एक नेताहरू हुँदाहुँदै मोहन विक्रम सिंहले कान्छी पत्नीलाई टिकट दिनु सबैभन्दा ठूलो भुल हो’, नेकपा (मसाल) प्यूठानका वरिष्ठ नेताले भने, ‘निर्वाचनमा प्रतिस्पर्धा गर्न हामीमध्ये थुपै नेताहरू थियौँ । तर, मोहन विक्रम सिंहले पत्नीलाई अगाडि सारेर हाम्रो मानमर्दन गर्नुभएको छ ।’

मसालभित्र विवाद उत्पन्न भएपछि आत्तिएका महामन्त्री सिंह पत्नीलाई जिताउन आफै भोट मागेर हिँडेका छन् । वृद्ध भइसकेका सिंहलाई प्यूठानका जनताले सम्मानका साथ लिए पनि कान्छी पत्नी दुर्गाप्रति देखाएको राजनीतिक मोहप्रति भने आलोचना गर्ने गरेका छन् ।

बाम गठबन्धनका एमाले र माओवादीको मत पाएपछि कान्छी पत्नीले जित्नेमा सिंह ढुक्क छन् । तर, सिंहले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधी सभामा उम्मेदवारी दिएका डा.गोविन्द पोख्रेलको लोकप्रियतालाई भुलेका छन् ।

प्यूठान जिल्लामा विकासको बाढी भित्र्याएका डा.पोखरेलका पक्षमा एकाएक माहोल बढ्दै गएको नेपाली कांग्रेस प्यूठानले दाबी गरेको छ । मसालभित्रको आन्तरिक विवाद र एमाले तथा माओवादी केन्द्रले दुर्गा पौडेललाई नरुचाएको मौकाको फाइदा कांग्रेसका डा.पोखरेललाई हुन सक्छ ।

नेपाल तरुण दलका युवा नेता तथा अन्तर्राष्ट्रिय विभागका पूर्व प्रमुख ऋषि पुरीले प्यूठान जिल्लाको विकासका लागि दुर्गा पौडेलभन्दा डा.गोविन्द पोख्रेल नै उपयुक्त रहेको बताए । ‘दुर्गा पौडेलले जति नै गरे पनि डा.पोखरेलले जत्तिको विकास गर्न सक्नु हुन्न’, उनले भने, ‘विकास चाहने हो भने हामी सबैले डा.पोखरेललाई मतदान गर्नुपर्छ ।’

Published : Monday, 2017 December 4, 10:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया