राजावादी र गुन्डाहरूलाई ओलीले एमालेमा भित्र्याए

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा राजावादी, गुन्डा र तस्करहरूलाई भित्र्याउने क्रम जारी राखेका छन् ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको आकासेधारास्थित खेल मैदानमा सोमबार आयोजित चुनावी सभामा अध्यक्ष ओलीले मुस्कान पार्टी नेपालका अध्यक्ष मुस्कान पौडेललाई एमालेमा प्रवेश गराएका हुन् । पौडेल काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधी सभामा उम्मेदवारी दिएका थिए ।

एमालेमा प्रवेश गरेका पौडेल अमेरिकामा रोजगारी गरेर केही समय अगाडि काठमाडौं आएका व्यक्ति हुन् । पूर्वयुवराज पारस शाहका निकटका व्यक्ति पौडेल विभिन्न आपराधिक कार्यमा संलग्न रहँदै आएका व्यक्ति हुन् । उनी प्रहरीको उच्च निगरानीमा रहेका छन् ।

युवाहरूलाई विदेश पठाउँइदिन्छु भनेर लाखौ रकम ठगी गरेको आरोप पनि पौडेलमाथि लागेको छ । प्रहरी प्रशासनबाट लुकेर हिँड्दै आएका मुस्कान सेनाका अध्यक्ष पौडेललाई ओलीले एमालेमा प्रवेश गराएर राजनीतिक संलक्षण दिएको आरोप लागेको छ ।

उनै पौडेलले राजा आउ देश बचाउ भनेर रत्नपार्क, बागजगार, पुतलीसडकसहितका स्थानमा बेलाबेला जुलुस समेत निकाल्ने गरेका थिए ।

सो कार्यक्रममा राजावादी एवम् कलाकार रवीन्द्र खड्का र राप्रपाका पूर्व केन्द्रीय सदस्य विष्णु शिवाकोटी पनि एमालेमा प्रवेश गरेका छन् ।

उता, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राप्रपा (प्रजातान्त्रिक)ले कारबाही गरेर पार्टीबाट निष्काशित गरेका नेता एवम् उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पार्टी प्रवेश गराएका छन् ।

लामा तत्कालीन राप्रपा नेपालबाट सभासद बनेका थिए । उनी काभ्रे जिल्लाबाट प्रतिनिधीत्व गर्छन् । गुन्डा नाइके हुँदै राजनीतिमा प्रवेश गरेका लामा पूर्वराजा ज्ञानेन्द्र शाहका खास मान्छे हुन् ।

Published : Monday, 2017 December 4, 8:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया