कांग्रेसका नेता एवम् मन्त्री श्रेष्ठलाई हत्या प्रयास

पुतलीबजार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्गजामा बम प्रहार गरिएको छ ।

भीरकोट गाउँपालिका वडा नं ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा अपरान्ह ५ः३० तिर श्रेष्ठ चढेको सवारीलाई लक्षित गरी बम प्रहार गरिएको नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बम प्रहारबाट मानवीय तथा भौतिक क्षति भने नभएको जनाइएको छ । भाग्यवस श्रेष्ठको गाडी सुरक्षार्थ खटिएको स्कर्टिङ्गको गाडी घट्नास्थल कटेको २० सेकेण्डपछि बम विष्फोट भएको थियो ।

करिब १० मिनेट पहिले सोही रुट भएर एमाले र बाम गठबन्धनका कार्यकर्ताहरू सवार गाडी गएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । बम विष्फोटको जिम्मेवारी कसैले लिएको छैन ।

Published : Sunday, 2017 December 3, 6:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया