ईश्वर पोख्रेलको ‘पानी ट्यांकी’ प्रकरण बाहिरियो, तनाबमा एमाले

काठमाडौं । विवेकशील पार्टीका संयोजक एवम् काठमाडौं क्षेत्र नं. ५ मा प्रतिनिधी सभाका उम्मेदवार उज्ज्वल थापाले एमालेका महासचिव तथा उम्मेदवार ईश्वर पोख्रेलले पानी ट्यांकीमा पैसा लुकाएको प्रकरण नेपाली जनताले भुल्न नसक्ने बताएका छन् ।
एक अनलाइनलाई दिएको आफ्नो अन्तर्वार्ताका क्रममा संयोजक थापाले राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा प्रतिगमन आधा सच्चियो भनेर ईश्वर पोख्रेल आपूर्ति मन्त्री बनेको सुनाउँदै एमालेको पक्षमा काठमाडौं क्षेत्र नं. ५ का मतदाता नहरकोे बताए ।
‘ईश्वरजी दुईचोटि हारिसक्नुभयो । पहिले जित्नुभएको थियो, पछि लगातार हार्नुभयो । उहाँ त्यति लोकप्रिय नेता होइन’, उनले भनेका छन्, ‘पानी ट्यांकीको प्रकरण अझै ताजै छ । प्रतिगमन आधा सच्चियो भनेर राजाको सरकारमा मन्त्री खान गएको पनि जनताले बिर्सिएका छैनन् ।’
विवेकशील साझा पार्टीलाई जनताले मतदान गर्ने थापाको भनाइ छ । ‘ईश्वर पोख्रेललाई भन्दा विवेकशील साझा पार्टीलाई मतदाताले मन पराउनु हुन्छ’, उनले भनेका छन्, ‘म केही गर्न चाहन्छु ।’
Bibeksil bhanne party ni teti bibeksil dekhiyena kangress rppkai vai jasto po boldo raixa . Jaha samma pani tanki ko paisako kura xa yo charitra hatya garne kura matra ho proved kura hoina .