नवलराज सिलवालको पदचाप पछ्याउँदा एसपी चन्दलाई झट्का

कञ्चनपुर । नेपाल प्रहरीका एसपी प्रकाश चन्दले आफ्नै संगठनविरुद्ध दायर गरेको रिटमा उच्च अदालत दिपायलले दिएको अन्तरिमकालीन आदेशलाई खारेज गरिदिएको छ ।

केही दिनभित्रे उमेरहदका कारण अनिवार्य अवसकामा जान लागेका एसपी चन्दको सुरुवा भएपछि कञ्चनपुर जिल्लामा बस्न पाउँ भनेर अदालतमा रिट दायर गरेका थिए ।

उच्च अदालतका न्यायाधीशद्वय दिनेशप्रसाद यादव र नारायणप्रसाद श्रेष्ठको संयुक्त इजलाशले बिहीबार यसअघिको अन्तरिमकालीन आदेशलाई रद्द गरेको निमित्त रजिष्ट्रार तीर्थराज भट्टले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयले गत असोजमा एसपी चन्दलाई प्रदेश नम्बर ६ को कार्यालय सुर्खेतमा सुरुवा गरेको थियो । चन्दको ठाउँमा एसपी डिल्लीराज विष्टलाई पठाइएपछि चन्द सरुवा रोक्न भन्दै अदालत पुगेका थिए ।

यसअघि न्यायाधीश वीरेन्द्रकुमार कर्णको एकल इजलाशले एसपी चन्दलाई रहत हनुे गरेर अन्तरिम आदेश जारी गर्नु पर्ने हो, होइन ? भन्दै १५ दिनभित्र लिखित जवाफ पेश गर्न भने आदेश दिएको थियो ।

यसअघि डिआईजी नवराज सिलवाल पनि आईजीपीमा बढुवा पाउँ भन्दै सर्वोच्च अदालत पुगेका थिए । सिलवालको पदचाप पछ्याउँदै अदालत गएका चन्दलाई आदेशसँग नमिठो झट्का लागेको छ ।

Published : Friday, 2017 December 1, 8:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया