एमालेले चामल र कम्बल बाडेको ठाउँमा कांग्रेसको ‘रेड’

हेटौँडा । मकवानपुर जिल्लामा वाम गठबन्धनले पराजय भोग्ने अवस्था आएपछि मतदाताहरुलाई प्रभावित बनाउन ल्याइएको कम्बलर चामल बरामद भएको छ ।

मकवानपुरको क्षेत्र नम्बर २ का कम्युनिष्ट गठबन्धनका उम्मेदवारले आचारसंहिता विपरित कम्बल बाँड्दै गरेको अवस्थामा लेखिएका छन् । मनहरि प्याङ्चेबाट वाम गठबन्धनका नेताहरु लखेटिएको जनाइएको छ ।

क्षेत्र नम्बर २ को २ का प्रदेशसभा सदस्य उम्मेदवार राजाराम स्याङ्तानले बाढी पीडितको नाममा पठाउँदै गरेको एक ट्याक्टर चामल तरुण दलका नेताहरुले नियन्त्रणमा लिएका हुन् ।

चिनियाँबाट सहयोग पाएको क्रिश्चियन समर्थक संस्थाको नाममा मङ्गलबार राक्सिराङको साजकमा चामल र कम्बल बितरण भएको थियो ।

तरुण दल मनहरिका नेता कार्यकर्ताले यस्ता गतिबिधि हुन नदिन कडा निगरानी बढाएका छन् । गरिबको नाममा केही सामान दिएर एमालेलाई भोट देउ भनेको पाएपछि निगरानी गरिराखेको कांग्रेस मनहरिका नेता नवराज लामाले जानकारी दिए ।

मनहरी बजारबाट ४ नम्बर वडा ट्वाङ्ग्रा लैजान लागेको एक ट्याक्टर चामल र कम्बल नियन्त्रणमा लिएर मनहरि प्रहरीलाई बुझाएको लामाले बताए ।

कांग्रेस मनहरि गाउँपालिकाका उपसभापति नुरज पौडेलले प्रहरीसँग घटनाको बिषयमा जानकारी लिइरहेको बताउँदै वाम गठबन्धन हारको मानसिकतामा रहेको बताए ।

कांग्रेसका नेता तथा कार्यकर्ताले बाड्ने नै भए इलाका प्रहरी कार्यालयबाटै कुनै प्रलोभन नदेखाई, भोट नमागी चामल तथा कम्बल बाड्नुपर्ने माग गरेका छन् ।

इलाका प्रहरी कार्यालय मनहरिका प्रहरी निरीक्षक चित्र घलेले घटनाको अनुसन्धान भैरहेको बताए ।

Published : Wednesday, 2017 November 29, 3:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया