ओलीले रविन्द्र मिश्रलाई भाइबहिनी भनेपछि…

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले रेडियोमा समाचार पढे जस्तो राजनीति नहुने भन्दै काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रविन्द्र मिश्रलाई व्यङ्ग्य गरेका छन् ।

बानेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘समाचार त लेखेको हुन्छ, खरर पढ्ने हो । राजनीतिमा त नदेखेका कुरा लेख्नुपर्छ, नदेखेका कुरा देख्नुपर्छ, नगरेका काम गर्नुपर्छ । अगाडिका कुरा देख्नुपर्छ ।’

उनले सीधै रविन्द्र मिश्रको नाम भने लिएनन् । ‘केही भाइबहिनीहरू फेरि अहिले यसो आएका छन्’, ओलीले भने, ‘कोही जागिरै छाडेर आउनुभएको छ । कोही सिक्दै हुनुहुन्छ, राम्रो । उहाँहरूले सिकेकोमा मलाई धेरै केही भन्नु छैन । तर, सिक्नु र खेल्नु बेग्लै कुरा हो ।’

ओलीले अहिले मेस्सीले गोल गर्ने बेला भएकोले म पनि गोल हानिहाल्छु भनेर सिक्ने खेलाडीले काम नचल्ने बताए ।

शर्मालाई कलिलो उम्मेदवार भनी गरिएका व्यङ्ग्यको जवाफमा ओलीले भने, ‘छिप्पिएको म छु, विकासको जिम्मा म लिन्छु ।’

छोटो समयमा पार्टी एकीकरण सम्भव नभएकोले अहिले वाम गठबन्धन गरी चुनावमा गएको र चुनावपछि पार्टी एकीकरण गर्ने एमाले अध्यक्ष ओलीले बताए ।

Published : Wednesday, 2017 November 29, 10:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया