दाङमा कांग्रेसको सभा नजिकै बम विस्फोट, ९ जना घाइते

तुलसीपुर । दाङको तुलसीपुरमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई लक्षित गरेर अपरिचित व्यक्तिले बम विस्फोट गराएको छ ।

मंगलबार दिउँसो कांग्रेसको चुनाबी सभा भइरहेका बेला सभा नजिकै रहेको तुलसी बोर्डिङ चोक नजिक अपरिचित व्यक्तिले फालेको बम बिष्फोट भएको हो ।

बिस्फोटबाट म्यादी प्रहरी विनोद चौधरीसहित सर्वसाधारण जेनी ओली, हेमलाल राम्जाली देवी डाँगी, बोमराज सुनार लगायत ९ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । तुलसीपुर अञ्चल अस्पतालमा प्राथमिक उपचारपछि ३ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

अन्य ६ जनाको राप्ती अञ्चल अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरूले चुनावी सभालाई सम्बोधन गर्दै गरेका बेला बम विस्फोट भएको थियो ।

बम विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Published : Tuesday, 2017 November 28, 7:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया