एमालेको दाङमा कांग्रेसद्वारा पर्दाफास

लमही । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बरको एककी उम्मेदवार सुशीला चौधरीले लोभलालचमा नपर्न मतदाताहरूलाई अनुरोध गरेकी छिन् ।
चुनाब प्रचारको क्रममा कुनै योजना बिना मतदाताहरूलाई लोभलालच देखाउने गरेकाले सहि र योग्य उम्मेदवार चुन्न अनुरोध गरेकी हुन् ।
‘अरु राजनीतिक दलका उम्मेदवारले तपाईहरूको मन जित्नको लागि घरमा टिन लगाइदिन्छु, लाल पुर्जा दिन्छु भन्दै मत माग्दै हिँडिरहेका छन्’, देउखुरीको बगरापुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै चौधरीले भनिन्, ‘टिन र लालपुर्जा व्यक्तिले दिने कुरा होइन, त्यो राज्यले दिने सेवा सुबिधालाई ब्यबस्थापन गरेर जनता समक्ष पुगाउने हो ।’
सांसद विकास कोषको पैसा सामूहिक हितको लागि खर्च भएको बुझ्न जरुरी भएको उनले बताइन् ।
‘सांसद विकास कोष सडक, शिक्षा, स्वास्थ्य, भौतिक पूभर्वधारको लागि हो’, उनले भनिन्, ‘कुनै व्यक्तिको घरम टिन लगाउन र लालपुर्जा दिनको लागि होइन ।’
केही दिन अगाडि एमालेका उम्मेदवारहरूले जनताको घरमा जस्तापाटा (टिन) निःशुल्क लगाइ दिने बताएका थिए । त्यसको खण्डन गर्दै कांग्रेस उम्मेदवार चौधरीले राज्यको पैसाका विषयमा जथाभावी बोल्न नपाइने बताएकी हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
यसमा तपाइको मत