पाँच नं. प्रदेशका एआईजी लामाको सरुवा, पुडासैनीले पाए जिम्मेवारी

काठमाडौं । गृहमन्त्रालयको कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो प्रस्तावमा नेपाल प्रहरीका उच्च अधिकारीहरूको सरुवा गरिएको छ ।

पहिलो चरणको मतदानको मुखैमा बागलुङका प्रहरी प्रमुख फेरिएका छन् । देउवाकै प्रस्तावमा मन्त्रिपरिषद् बैठकले २ प्रदेशका प्रहरी प्रमुख समेत सरुवा गरेको छ ।

बैठकले ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी मिङमार लामा र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजी बिजय भट्टलाई सरुवा गरेको हो ।

मिङमारलाई हेडक्वार्टर तानेर उनको ठाउँमा बुधबारै डिआइजीबाट आइएजीमा बढुवा भएका मधुप्रसाद पुडासैनीलाई पठाइएको छ ।

७ नम्बर प्रदेशको प्रहरी प्रमुखमा माधव नेपाललाई सरुवा गरिएको छ । नेपाल पनि बुधवारमात्रै एआइजी बढुवा भएका हुन् ।

बुधबारको मन्त्रीपरिषद बैठकले मधु पुडासैनी, माधव नेपाल, हेमन्त पाल र पंकज श्रेष्ठलाई डिआइजीबाट एआइजीमा बढुवा गरेको छ ।

प्रहरी हेडक्वार्टरले बागलुङ र नुवाकोटका प्रहरी प्रमुखलाई पनि सरुवा गरेको छ ।

Published : Wednesday, 2017 November 22, 4:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया