यो हो एमालेको असली रुप, मुख लुकाएर भाग्दै लालबाबु पण्डित

विराटनगर । नेकपा (एमाले)का नेता तथा मोरङ क्षेत्र नं. ६ बाट प्रतिनिधी सभाका उम्मेदवार लालबाबु पण्डितले गरिव जनतालाई विगत २५ वर्षदेखि झुक्काएर राखेको खुलासा भएको छ ।

०५१ सालमा तत्कालीन कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी प्रधानमन्त्री बनेका बेला सुकुम्वासी आयोगको मोरङ जिल्लाको अध्यक्ष रहेका लालबाबु पण्डितले गरिव जनतालाई लालपुर्जा वितरण गरेर झुक्काएको खुलासा भएको छ । सस्तो लोकप्रियताका लागि एमाले नेता पण्डितले मोरङका जनतालाई लालपुर्जा वितरण गरेर जग्गा नदिएको पीडितहरूले बताएका छन् ।

मोरङका मतदाताहरूले २५ वर्ष अगाडि एमाले नेता पण्डितले वितरण गरेको जग्गाको लालपुर्जा देखाएर जग्गा माग गर्न थालेका छन् ।

जग्गाको लालपुर्जा देखाएर जग्गा माग गर्न थालेपछि एमालेका उम्मेदवार पण्डित भाग्न थालेको एक मतदाताले बताए ।

स्थानीय मतदाता जसलाई एमालेका नेता पण्डितले नक्कली जग्गाधनी प्रमाणपत्र दिएका छन् उनीहरूले कुटपिट गर्नेसम्मको चेतावनी दिएका छन् । पण्डित जनताले कुटपिट गर्ने जानकारी पाएपछि जग्गाधनी प्रमाणपत्र दिएको गाउँमा पाइला नटेको एक मतदाताले बताए ।

‘एमाले भन्ने पार्टी झुट र बदमासहरूको पार्टी हो’, एक पीडितले भने, ‘जग्गाको लोभ देखाएर लालपुर्जा बितरण गरियो । तर, सबै कुरा राजनीति रहेछ । यस्तो झुटो पार्टी एमालेलाई मतदात गर्नु हुँदैन ।’

मोरङ क्षेत्र नं. ६ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका डा.शेखर कोइरालाले पनि एमालेका नेता लालबाबु पण्डितले मोरङका जनतालाई लालपुर्जा वितरण गरेर जग्गा नदिएको बताए ।

उनले भने, ‘एमाले धोका दिने पार्टी हो । लालबाबु पण्डित एक नं. धोकेबाज नेता हुनुहुन्छ । सुकुम्वासी आयोगको अध्यक्ष हुँदा उहाँले २५ वर्ष अगाडि नक्कली लालपुर्जा वितरण गरेर अहिलेसम्म जग्गा दिनुभएको छैन ।’

Published : Tuesday, 2017 November 21, 10:16 pm

2 प्रतिकृया प्राप्त “यो हो एमालेको असली रुप, मुख लुकाएर भाग्दै लालबाबु पण्डित”

  • केही झुण्ड र पित पत्रकार ले काङ्रेसको पैसो पचाउ अभियान दरै चलाउन थालेछन ।

  • ओए मुला पत्रकार जमिन लाल बाबु ले बाकस बाट निकालेर दिने हो .. लालपुर्जा दियापछि .. जग्गा कहा नेर हो आफै खोज्नु पर्दैन … मुला साग/

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया