दाङमा सिँचाइको मूल कांग्रेसले फुटाएको हो, कम्युनिष्टले होइनः दीपक गिरी

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् दाङ क्षेत्र नं. ३ बाट प्रतिनिधी सभा उम्मेदवार दीपक गिरीले चुनावमा कांग्रेसलाई जिताउन मेहनत गरे बाँकी समय मेहनत गर्ने जिम्मा कांग्रेसको भएको बताएका छन् ।

दाङको धनौरीमा आयोजित कांग्रेसको चुनावी कोण सभालाई सम्वोधन गर्दै नेता गिरीले कांग्रेसका उम्मेदवारहरूलाई मतदान गर्न अपील गरे । उनले भने, ‘कांग्रेसको उम्मेदवारहरूलाई मतदान गरेर जिताउनुस्, त्यसपछि सबै चिन्ता छाड्नुस् । जनताको काम गर्ने सम्पूर्ण जिम्मेवारी हामी लिन्छौँ ।’
मन्त्री गिरीले भने, ‘म मन्त्री भएपछि पश्चिम दाङ मात्रै होइन समग्र जिल्लाको विकासमा मूल फुट्न सुरु भइसकेको छ । अझै धेरै विकास गर्न बाँकी छ ।’ उनले विकासको काम गर्न कांग्रेसको विकल्प नरहेको बताए ।

दाङ बृहत सिँचाइ परियोजनाले दाङका किसानहरूको मुहारमा खुसी ल्याउने बताउँदै कांग्रेस नेता गिरीले दाङमा अब सिँचाइको समस्या सधैँका लागि अन्त्य भएको बताए । महिलाहरूलाई सिपमुलक तालिम र युवाहरूको रोजगारी आफ्नो कार्यक्रममा रहेको उनले बताए ।

कम्युनिष्ट गठवन्धनका कारण मुलुक क्षतिविक्षतको अवस्थामा जान खोजेको भन्दै गिरीले भने, ‘हामी सचेत हुनुपर्छ । मुलुकलाई जोगाउन सक्ने निर्णय मतदाताहरूमा छ । कांग्रेसको जित भएपछि कम्युनिष्टहरूको सबै योजना भताभुङग हुन्छ ।’

प्रदेश सभातर्फका उम्मेदवार वुद्धिराम भण्डारीले विकासमा पछाडि परेको पश्चिम दाङलाई समृद्ध बनाउने जिम्मेवारी कांग्रेसको मात्रै रहेको बताए ।

चुनावी कार्यक्रममा धनौरीका ईकाई सभापति रत्नबहादुर भण्डारी, केशव आचार्य, कमानसिंह डाँगी, जगतबहादुर खड्का, सुष्मा गिरी, टीका घर्ती, युवराज खड्का, सुरेश हमाल, राप्रपाका नेता हरिभक्त भण्डारी, शान्तिनगर गाउपालिका वडा नम्वर ६ का वडा अध्यक्ष रवि वुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2017 November 20, 7:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया