ललितपुर ३ मा कांग्रेसका अमात्यको पल्लाभारि

ललितपुर । लतिलपुर ३ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका मदन अमात्यलाई कुपोण्डलबासीले फेरि पनि भोट दिएर जिताउने प्रतिबद्धता जनाएका छन् ।

घरदैलो कार्यक्रम अन्तर्गत अमात्य आइतवार बिहान ललितपुर महानगरपालिका — १० कुपोण्डलमा पुगेका थिए । उनी जाँहा–जाँहा पुग्थे, स्थानीयबासीहरूको सानोतिनो भिड नै लाग्ने गथ्र्यो । अधिकाशंले उनलाई अग्रिम बधाइ दिएका थिए । ‘हिजो पनि हामीले तपाईलाई भोट दिएर जिताएका थियौ । यस पटक पनि भोट दिन्छौ । हामी तपाईको साथमा छौं’, स्थानीयबासीहरूले भन्ने गरेका थिए ।

प्रतिष्पर्धी दलका उम्मेदवारलाई आफूहरूले नचिनेको स्थानीयले बताए । ‘हामीले टुरिष्ट उम्मेदवलाई चिन्दैनौ । तपाई हाम्रै गाँउ टोलको हुनुहुन्छ । हामी तपाईलाई नै भोट दिन्छौ ।’ उनीहरूले भन्ने गरेका थिए । कुपोण्डल पुरानो कर कार्यलय नजिक करिव पाँच घरका घरधनीहरूले भने आफूलाई खानेपानीको अभाव भएको गुनासो अमात्यसंग गरेका थिए ।

अरु घरमा पानी आउने, आफ्नो घरमा पानी नआउने समस्या उनीहरूले सुनाएका थिए । अमात्यले उनीहरूको समस्या तत्कालै सुल्झाउने बताए । उनले भने, ‘आजै जिल्ला खानेपानी संस्थानलाई सम्पर्क गरी पाँच घरको पानीको समस्या सुल्झाउछु ।’

कुपोण्डलबासीसंगको घरदैलाको कार्यक्रमबाट आफू उत्साहित भएको अमात्यले जनाएका छन् । ‘उहाँहरू (कुपोण्डलबासी)ले तपाईलाई नै भोट दिन्छौ भन्नु भएको छ । उहाँहरूसंगको भेटपछि म झनै उत्साहित भएको छु’, अमात्यले भने ।

अमात्यसंगै ललितपुर ३ ‘ख’बाट प्रदेश सभामा उम्मेदवार दिएका शिवराम बानियाँ र समानुपातिक उम्मेदवार उर्मिला नेपाल केसी पनि कुपोण्डलको करिव पाँच सय घरमा घर दैलो कार्यक्रममा पुगेकी थिइन् । घरदैला कार्यक्रम अन्तर्गत अमात्य ललितपुर ३ को सबै क्षेत्रमा पुग्ने भएका छन् ।

ललितपुर कांग्रेसले ललितपुरको तीन वटै क्षेत्र र प्रदेश सभाको ६ वटै सिटमा कांग्रेस विजयी हुने आँकलन गरेको छ । दोश्रो संविधान सभाको चुनावमा ललितपुरको तीन वटै क्षेत्रमा कांग्रेस विजयी भएको थियो ।यसपटक अघिल्लो भन्दा झनै सुधार भएको ललितपुर कांग्रेसका प्रचार प्रसार संयोजक प्रकाशनन्दन जोशीले बताए । अहिले ललितपुर कांग्रेसको पक्षमा जन लहर शुरु भएको जोशीले दावी गरेका छन् ।

Published : Sunday, 2017 November 19, 7:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया