केपी ओलीको घमण्ड भाँच्न ‘नायक’ बनेर आइन् रञ्जु दर्शना

काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शना न्यौपानेले एमालेका अध्यक्ष केपी ओलीलाई १३ घण्टा अनशन बस्न चुनौती दिएकी छिन् ।
ओलीले डा.गोविन्द केसीमाथि आक्रोश पोखेपछि दर्शनाले ओलीलाई चुनौती दिएकी हुन् । ओलीले डा.केसीलाई सरकारको तलब खाएर नानाथरी माग राखेर अनशन बस्नुभन्दा राजनीतिमा आउन चुनौती दिँएका थिए ।

डा.केसीको आलोचना गरेपछि दर्शनाले फेसबुकमार्फत एमालेका अध्यक्ष ओलीलाई १३ घण्टा पानी नखाइ बसेर देखाउन चुनौती दिएकी हुन् । ‘१३ पटक होइन मात्रै १३ घन्टा पानी नखाइ डा.गोविन्द केसीको विरुद्धमा अनशन बसेर देखाइदिनुहोस्’, उनले भनेकी छन् ।

डा.केसीले चाहेभने राजनीतिमा आउन सक्ने र प्रधानमन्त्री, राष्ट्रपति समेत बन्न कसैले बाटो छेक्न नसक्ने रञ्जुले दाबी गरेकी छिन् । ‘ओलीजी के तपाईं औषधीको भारी बोकेर कर्णालीका जनताको बस्तीमा जान सक्नु हुन्छ ? के तपाईं आफ्नो निजी पैसाले औषधी किनेर आफै सिराहा, सप्तरीको गरिब बस्तीमा जान सक्नुहुन्छ ?’, उनले प्रश्न गरेकी छन्, ‘तपाईं आफूले आफैलाई के सम्झनु हुन्छ ?, नेपालमा राजनीति ओलीले मात्रै जानेको छ ? मैले मात्रै राजनीति गर्न सक्छु भन्ने भ्रममा हुनुहुन्छ ?’

उनले आफूले मात्रै राजनीति गर्न सक्छु भन्ने लागेको भए आली भ्रममा रहेको बताएकी छन् । उनले दीपक मनाङ्गे जस्ता गुण्डाले राजनीति गर्न हुन्छ भने डाक्टर गोविन्द केसी जस्ता सादगी र महान व्यक्तिले पनि राजनीति गर्न हुने तथा राजनीतिमा सफल पनि हुने बताएका छिन् ।

Published : Saturday, 2017 November 18, 9:34 pm

1 प्रतिकृया प्राप्त “केपी ओलीको घमण्ड भाँच्न ‘नायक’ बनेर आइन् रञ्जु दर्शना”

  • kp काका जास्ता उखानेको हाम्रो देशमा कुनै औचित्व छैन र पनि किन जनताहरु यसरी थोत्त्रो रास्ट्रबादिको पछि लागेका छन मलाइ लग्छ अब नेपाल नेपालनै बन्न धेरै दसक लाग्छ

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया