आरजको गर्जनले कैलालीमा कम्युनिष्टहरू आतंकित

कैलाली । नेपाली कांग्रेस नेतृ तथा कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधिसभामा उम्मेद्वार आरजु राणा देउवाले राष्ट्रलाई समृद्धितर्फ डो¥याउन आसन्न निर्वाचनमा कांग्रेसले जित्नै पर्ने दावी गरेकी छिन् ।

‘कांग्रेसले मात्रै देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सक्छ’, शनिबार नेपाल शिक्षक संघ धनगढीले आयोजना गरेको उम्मेदवार भेटघाट कार्यक्रममा नेतृ देउवाले भनिन्, ‘प्रतिनिधि सभामा मैले नजिते पनि केही फरक पर्दैन, तर कांग्रेसले हार्नु हुदैन ।’

उनले सामाजिक विकासको लागि महत्वपूर्ण पक्ष मानिएको शिक्षा क्षेत्रको सुधारलाई आफूले उच्च प्राथमिकतामा राखेको बताइन् । ‘अझै पनि आम सर्वसाधारणको शिक्षामा पहुच छैन, शिक्षकहरूले उचित सेवा सुविधा पाउन सकेका छैनन्, सरकारी विद्यालयमा समस्या छन्’, उनले भनिन्, ‘शिक्षा क्षेत्रको सुधारका लागि विशेष योजना नभएकाले समस्या यथावत रहेको छ ।’

अहिलेको निर्वाचन लोकतान्त्रिक र अधिनायकवादबीचको चयनको रुपमा आएकोले कस्तो विचार, सिद्धान्त भएका व्यक्तिलाई विजयी गराउने ? सोच्ने समय आएको उनले बताइन् ।

कैलाली जिल्लामा कांग्रेस नेतृ आरजुको उपस्थितिले कांग्रेस नेता तथा कार्यकर्ताहरूको उच्च मनोवल हुनुका साथै कम्युनिष्टहरू आतंकित बनेको विश्लेषण गर्न थालिएको छ ।

Published : Saturday, 2017 November 18, 8:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया