कांग्रेसले फेरि गर्‍यो जनताको मन जित्ने काम, एमाले–माओवादी ‘डाह’ले भुतुक्कै

खोटाङ । अत्यन्तै व्यस्त दैनिकीका बीचमा कांग्रेस नेता बालकृष्ण खाँण पूर्वी पहाडी जिल्ला ओखलढुङगाको चुनावी सभामा सम्वोधन गर्न गएका थिए । ओखलढुङगा कांग्रेसले राखेको चुनावी सभालाई सम्वोधन गर्न सदरमुकाम पुगेका खाँणले सम्वोधन गर्दा गर्दै छिमेकी जिल्ला खोटाङबाट एउटा खबर आयो ।

ओखलढुङगाका प्रतिनिधि सभा सदस्यका उमेद्वार रामहरि खतिवडालाई खोटाङका प्रदेश सभाका उमेद्वार बिष्णुकुमार राईले सोधे बालकृष्ण दाई आउनुभएको हेलिकप्टर खोटाङ पठाउन सक्नुहुन्छ ?

खतिवडाले किन र के भयो भन्दै राईलाई सोधे । राइले खोटाङ बाटाचौरका एक स्थानीयलाई रुखले चेपेर गम्भिर घाइते भएको र उनलाई तत्काल उपचार नगरे रक्तश्राव भएरै ज्यान जान सक्ने अवस्था सुनाए ।

खाँण सभालाई सम्वोधन गर्दै थिए । राईको कुरा सुनेपछि खतिवडाले राईलाई यति मात्र भने तपाइलाई एकैछिनमा खबर गर्छु ।

सम्वोधन सकेर मञ्चमा आएका कांग्रेस चुनावी परिचालन समितिका संयोजक खाँणलाई खतिवडाले खोटाङबाट विष्णकुमार राईले फोनमा भनेको कुरा सुनाए ।

ओखलढुङगाबाटै काठमाडौं फर्कने गरी गएका खाँणले त्यो कुरा सुन्ने वित्तिकै खोटाङ जाने बताए । खाँणले खतिवडालाई पनि विष्णु राईलाई खबर गर्न निर्देशन दिएर खोटाङको ऐसेलुखर्क गए ।

आफू ऐसेलुखर्कमा रहेका कांग्रेसका नेता र कार्यकर्तालाई भेट्न रोकेर हेलिकप्टर भने त्यहाबाट पनि थप १० मिनेटको दुरीमा रहेको बाटाचौर पठाए ।

बाटाचौर त्यहीँ ठाउँ थियो जहाँ चित्रबहादुर राई काठका लागि काट्न गएको रुखले चेपेर गम्भिर घाइते भएर बसेका थिए ।

अस्पतालभन्दा धेरै टाढा अनि सवारी साधनको पहुँ भन्दा पनि टाढा रहेको राईको घरमा खाँणले एयर डाइनेस्टीको हेलिकप्टर नै पठाएका थिए ।

गाउँमा बाटो पुगेपनि आक्कलझुक्कल मात्र पुग्ने साना गाडीहरू कुरेर बस्नु बाहेक राई परिवारको लागि अर्को विकल्प थिएन ।

६३ वर्षीय चित्रबहादुर राईकी श्रीमती पूर्णमाया राई एकली बेसाहरा जस्तै भएकी थिइन । उनलाई स्थानीय कांग्रेसका कार्यकर्ताहरूले एक्लो हुन दिएनन् ।

बाटाचौरका साथीहरूले जिल्लाका नेता बिष्णु राईलाई खबर गरे । बिष्णुले आफ्नो पहुँचको प्रयोग गर्दै छिमेकी जिल्लाका नेतालाई खबर गरे । छिमेकी नेता खतिवडाको आग्रहमा नेता खाँण हेलिकप्टर लिएर गाउँ नै पुगे ।

बिहान ११ बजे रुखले च्याप्दा दाहिने खुट्टामा गम्भिर चोट लागेका चित्रबहादुर राईको हेलिकप्टरमा ल्याउने बेलासम्म रक्तश्राव भइरहेको थियो ।

श्रीमतीले आफ्ना फरियाले बेरेर रगत आउन नदिन भरमग्दुर प्रयास गरेकी थिइन । त्यो नै पहिलो प्राथमिक उपचार थियो । तर, त्यसले रगत वग्न किन रोक्थ्यो र ?

४ बजे ऐसेलुखर्क ल्याउँदासम्म उनको खुट्टाबाट रगत बगिरहेको थियो । त्यहाँ ल्याइपुर्‍याउँदा मात्र बल्ल उनले स्वास्थ्यकर्मीबाट नदुख्ने औषधी पाए । स्लाइन लगाइयो ।

कांग्रेस नेता खाँणले त्यहिबाट काठमाडौंमा खबर गरी एयरपोर्टमा एम्वुलेन्स ल्याउन निर्देशन दिए ।

काठमाडौंबाट ५ जनाको टोली लिएर चुनावी अभियानमा गएका खाँणले घाइते र उनकी श्रीमतीलाई पनि काठमाडौं लानुपर्ने भएपछि ओखलढुङगाबाट खोटाङ हुँदै काठमाडौं फर्किनुपर्ने माधव रेग्मीलाई ऐसेलुखर्कमै रोक्दै घाइतेलाई प्राथमिकतामा राखे ।

रेग्मीले पनि खाँणको प्रस्तावलाई सहर्ष स्वीकार्दै ऐसेलुखर्कमा बसे । उनले पनि राईको शीघ्रस्वास्थ्यलाभको कामना गरेका छन् ।

काठमाडौंमा पुग्न ढिला हुने अवस्था आइसकेको थियो । पाँच बजेसम्म काठमाडौं एयरपोर्ट पुगिसक्नुपर्ने हतारोमा थिए पाइलट प्रज्वल केसी ।

भिजिविलिटी कम भयो भने काठमाडौं पुग्न सकिदैन भन्ने उनको चिन्ता थियो । घाइतेलाई हेलिकप्टरमा राखेदेखि काठमाडौंमा उपचारका लागि चाँडो पुर्‍याउन पाए हुन्थ्यो भन्नेमा थिए उनी पनि ।

केसीले काठमाडौंमा रहेका घाइते राईका छोरा धनजंगलाई आफ्नै मोवाइलबाट आमा पूर्णमायालाई कुरा गराइरहेका थिए । उनी आफ्नो मोवाइल डायल गर्न पनि जान्दिनथिन् । आएको मोवाइल मात्र उठाउने उनलाई केसीले कुरा गराइरहेका थिए ।

काठमाडौंमा ज्यामी काम गर्दै आएका धनजंग बाबुको दुःखमा छटपटाइरहेका थिए । भगवान बनेर आफ्ना घर पुगेका कांग्रेस नेता खाँणलाई उनले धन्यवाद दिन पाएनन् ।

खाँणले घाइते राईलाई १०२ नम्वरको एम्वुलेन्समा राखेर एयरपोर्ट नजिकैको अस्पतालमा तत्काल लैजाने प्रवन्ध मिलाएर पार्टीको काममा निस्किए । घाइतेको श्रीमती पूर्णमायालाई केही परेमा सहयोगको आश्वासन दिएर निस्किएका खाँणले उनको नम्वर पनि लिएर गए ।

हेलिकप्टरमा पटक पटक वेहोस भएका राईलाई उनले राम्रो उपचारका लागि प्रवन्ध मिलाउन एम्वुलेन्समा आएका स्वास्थ्यकर्मीलाई पनि भनिरहेका थिए ।

यि सबै कुरामा सहभागस् भएका एयर डाइनेस्टीका पाइलट केसी भने खाँणको तत्काल निर्णय लिने क्षमता र उनको सहयोगी गुण देखेर खुसी देखिन्थे । नेताहरूमा विरलै देखिने यो गुण देखेर उनले भने सबैले यस्तै सेवाभाव राखे देशले चाँडै मुहार फेर्ने पक्का छ ।

जनताको यही आसिस मतमा प्रकट गराउन हिँडेका नेता बालकृष्ण खाँणले उनको कुरा नसुनेपनि उनी जस्ता आम नागरिकको आसिस संग्रह गर्दै कांग्रेसले मंसिर १० र २१ गते जित निकाल्न जरुरी छ । कांग्रेसले भनेको लोकतन्त्रको संरक्षण र समृद्धिको ढोका खोल्न पनि जनताको यस्तै आसिक कांग्रेसलाई जरुरी छ ।

कांग्रेस नेता खाँणको यो कार्यबाट एमाले र माओवादी केन्द्रका नेताहरू आतंकित बनेका छन् ।

Published : Saturday, 2017 November 18, 8:35 pm

1 प्रतिकृया प्राप्त “कांग्रेसले फेरि गर्‍यो जनताको मन जित्ने काम, एमाले–माओवादी ‘डाह’ले भुतुक्कै”

  • बालकृष्ण खाँण जस्तै असल विचार सबै नेताहरुमा भए
    देशले छिट्टै मुहार फेर्नेछ !

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया